सर्पको डसाईबाट पर्सामा एक जना पुरुषको मुत्यु

रातोघर

 २०८० अषाढ २१, बिहिबार  मा प्रकाशित
३०० पाठक संख्या


सेढवा ।

सर्पको डसाईबाट पर्सामा एक जना पुरुषको मुत्यु भएको छ । मृत्यु हुनेमा पर्साको जीराभवानी गाउँपालिका वडा नं १ का ५० वषिय सत्यनारायण साह रहेका छन । हिजो साझ ५ बजे खेतमा काम गर्ने क्रममा साहलाई सर्पले डसेको थियो ।

सर्पको डसाईबाट घाईते भएका साहलाई उपचारको लागी सर्पदश उपचार केन्द्र ठोरीमा भर्ना गरिएको थियो । साहको उपचारकै क्रममा आज बिहान १० बजे मृत्यु भएको हो ।

उनी बनशिक्त प्रथमीक विद्यायल काठमाण्डौँ टोल विद्यालय व्यवस्थापन समितिका सदस्य रहेका थिए । उनको सोकमा आज सार्वजनीक बिदा दिईएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किष्णमोहन साहले बताउनुभयो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban