भारतको एउटा यस्तो गाउँ, जहाँ महिलाले साउनमा कपडा लगाउँदैनन्

रातोघर

 २०८० अषाढ २५, सोमबार  मा प्रकाशित
९२८ पाठक संख्या


संसारका कतिपय ठाउँमा आज पनि यस्ता अनौठा तथा अपत्यारिला परम्पराहरु छन्, जसका बारेमा सुन्दैमा पनि अप्ठेरो लाग्दछ ।परम्परागत समाजमा यस्ता परम्परा तथा अन्धविश्वासी प्रथाहरुबाट बढी मात्रामा महिलाहरु नै प्रभावित भएको देखिन्छ ।

हाम्रो छिमेकी मुलुक भारतमा पनि एउटै यस्तै प्रथा छ, जसले महिलाहरुलाई वर्षमा पाँच दिनसम्म कपडा लगाउन दिँदैन ।भारतको हिमाचल प्रदेशमा पर्ने पिणी गाउँमा यस्तो अनौठो परम्परा रहिआएको छ । उक्त परम्परा अनुसार गाउँका महिलाहरुले हरेक वर्ष साउन महिनामा पाँच दिनसम्म शरीरमा कपडा नलगाइकनै बस्नु पर्दछ ।

यो प्रथाको पालना नगरेमा केही दिनमै कुनै अप्रिय घटना हुने विश्वास गाउँलेहरुमा छ । उक्त पाँच दिनसम्म आफ्नो पतिसँग बोल्दैनन् र सँगै पनि बस्दैनन् ।साउनका ती पाँच दिनमा महिलाका लागि मात्र नभइ पुरुषका लागि समेत केही नियम
तय भएको छ । जस अनुसार पाँच दिनसम्म पुरुषहरुलाई रक्सी तथा मासुको सेवन बर्जित हुन्छ ।

आखिर साउनमा पाँच दिनसम्म महिला निर्वस्त्र बस्नुपर्ने र पुरुषले समेत रक्सी र मासु खान नहुने परम्परा कसरी चल्यो त सो गाउँमा ? यसका पछाडि एउटा किम्बदन्ती छ ।किम्बदन्ती अनुसार धेरै पहिलो पिणी गाउँमा राक्षसहरुले आतंक मच्चाएका थिए राक्षसहरुले गाउँका सिँगारपटार गर्ने तथा सुन्दर कपडा लगाउने विवाहित महिलाहरुलाई अपहरण गरेर लैजान्थे ।

राक्षसको आतंक मच्चिरहेको सोही समयमा लाहुआ घोंड नामका एकजना देवता गाउँमा आए र राक्षसको बध गरेर गाउँलाई त्रासमुक्त बनाए अनि महिलाहरुको ज्यान पनि जोगाए ।त्यसपछि नै उक्त गाउँमा साउन महिनामा महिलाहरु पाँच दिनसम्म निर्वस्त्र बस्ने परम्परा चलेको हो ।यद्यपि पछिल्लो समयमा आधुनिकतासँगै गाउँमा यो परम्पराको पालनामा केही कमी आएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban