ब्वाँसोको टोकाइबाट धनकुटामा १२ जना घाइते

रातोघर

 २०८० अषाढ २७, बुधबार  मा प्रकाशित
२१८ पाठक संख्या


धनकुटा :

धनकुटामा जगंली जनावरको आतंक बढेको छ। ब्वाँसो जस्तो देखिने जनावरको टोकाइबाट हिजोमात्रै  धनकुटा नगरपालिका ५ र ७ मा १२ जना घाइते भएका छन्।बालमन्दिर टोलमा पानी लिन कुवामा गएकाहरु जनावरको आक्रमणमा परेका हुन्।

सितलपाटीमा पनि घरघरै गएर स्थानीयलाई टोकेको छ। घाइतेहरुको धनकुटा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। यस अघि भिरगाउ, चुरेघाटी र देब्रेबास क्षेत्रमा पनि ७ जनाभन्दा बढी स्थानीय घाइते भएका प्रहरीले जनाएको छ।जंगली जनावरको आक्रमण बढेपछि धनकुटा प्रशासनले सतर्कता अपनाउन अपिल गरेको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban