बाटो भत्किएपछि चुरे क्षेत्रका बासिन्दाको दैनिकी कष्टकर (तस्वीरसहित)

रातोघर

 २०८० अषाढ ३१, आईतबार  मा प्रकाशित
२४६ पाठक संख्या


सर्लाही ।

केही दिनको वर्षाका कारण बाटाघाटा भत्किएपछि सर्लाहीको उत्तरी चुरे भेगका दर्जनौं गाउँका नागरिकको दैनिकी कष्टकर बनेको छ। वर्षाले लालबन्दी, इश्वरपुर, हरिवन र बाग्मती नगरपालिकाको चुरे क्षेत्रका बस्तीमा पर्ने गोरेटा बाटा वर्षाले क्षतविक्षत बनाएपछि त्यस क्षेत्रको नागरिकको दैनिकी कष्टकर बन्दै गएको हो। अहिले त्यस क्षेत्रमा एउटा बस्तीबाट अर्को बस्तीसम्म आवतजावत गर्न मुस्किल परिरहेको स्थानीयबासीले गुनासो गरेका छन्।

जिल्लाको उतरी चुरे क्षेत्रका दर्जनौं गाउँका स्थानीय पैदल हिँड्न सकिने भए पनि मोटरसाइकल, जीप, बस लगायतका सवारी साधन भने चल्ने अवस्था नरहेकाले त्यस क्षेत्रका स्थानीय चिन्तित छन्।खोलामा पानी कम भएको बेला व्यवसायीहरुले निकै मुस्किलले ट्याक्टरमार्फत खाद्यान्न सामग्री ढुवानी गर्दै आइरहेका छन्। यात्रुबाहक बस भने जेठदेखि नै पूर्ण रुपमा ठप्प भएको हो।

लालबन्दी नगरपालिकाको वडा नं. १४ नारायण खोलाका पत्थरकोटसम्म आउँदा खोलाको बगर प्रयोग गर्नुपर्ने बाध्यता छ। गाडी नचल्दा नारायण खोलाको माथिल्लो भेगका वासिन्दा लालबन्दी बजारलगायत अन्य ठाउँसम्म आउजाउ गर्न ४/५ घन्टासम्म पैदल हिँड्नुपर्ने बाध्यता छ। पत्थरकोटदेखि लालबन्दीसम्म टेम्पु,अटोलगायतका अन्य सवारी चले पनि गाउँबाट पत्थरकोटसम्म आइपुग्न ४ घन्टा पैदल हिँड्नुपर्ने बाध्यता रहेको नारायण खोलाका स्थानीय पूर्णबहादुर लुंगेलीले बताए।

चुरे भेगमा दिनहुँ जसो वर्षा भइरहेकाले खोलामा बाढी आउँदा बजारसम्म किनमेल गर्न पत्थरकोटसम्म पैदल हिँडेर आउन समेत समस्या भइरहेको गुनासो गरे। उनका अनुसार अहिले यस क्षेत्रमा उत्पादन भएको तरकारीसमेत बजार लगेर बेच्न नपाएको बताउँछन्।गाडी नचल्दा स्थानीयलाई विद्यार्थीलाइ स्कुल जान बिरामी पर्दा लालबन्दीसम्म औषधि उपचारका लागि आउन गाह्रो परिरहेको छ।

खोलाको बाढीले गर्दा नारायण खोलासम्म मोटरसाइकलसमेत लिएर जान सक्ने अवस्था नरहेको स्थानीय गणेशबहादुर कर्माचार्य बताउँछन्। जसले गर्दा जिल्लाको चुरे क्षेत्रका सर्वसाधारणको दैनिकी कष्टकर बनेको गुनासो स्थानीयले गर्दै आइरहेका छन्।

दैनिक उपभोग्य सामग्री चामल, दाल, नुन, तेललगायतका सामग्री मान्छेले नै बोकेर मुस्किलले ढुवानी भइरहेको लालबन्दी– १३ का वडाध्यक्ष शिवकृष्ण वैद्यले जानकारी दिएका छन्। लालबन्दी नगरपालिकामा पर्ने लखन्देही र बाहुनी खोलामा बाढी आएर खोलाको बाटो बिगारेपछि गएको दुई सातादेखि  यातायातका साधन सञ्चालन हुन सकेका छन्।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban