

काठमाडौं ।
साउने सोमबारको दिन पशुपतिनाथ मन्दिरमा ७ हजार ५०० रुपैयाँ भन्दा कमको विशेष पूजा नगराइने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।कोषका अनुसार वासुकीनाथ मन्दिरमा ३ हजार १०० रुपैयाँभन्दा कमको विशेष पूजा गराइने छैन ।
पशुपति मन्दिरमा साउने सोमबारको दिन १८१ देखि २५१ जनासम्मले मात्र विशेष पूजा गर्ने व्यवस्था मिलाइएको कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशंकर पराजुलीले जानकारी दिए ।
आज साउन महिनाको पहिलो सोमबार, देशभरका शिवालयमा पूजा गर्ने भक्तजनहरुको घुइँचो लागेको छ । धेरैजसोले साधारण तरिकाले लाइनमा बसेर पशुपतिको पूजा गरे पनि विशेष पूजा गर्नेहरुका लागि छुट्टै व्यवस्था मिलाइएको छ ।
साउनको सोमबार भगवान शिवको प्रिय हुने विश्वासका साथ अन्य बारको तुलनामा सोमबारको दिन शिवालयहरुमा पूजा गर्ने भक्तजनहरुको बढी घुइँचो लाग्छ ।काठमाडौंको पशुपतिनाथ सहित देशभरका शिव मन्दिरहरुमा व्रतालुहरु बिहानैदेखि लामबद्ध भएर पूजागरिरहेका छन् ।





Write your Comment