गायिका रचना रिमालको ‘आउ तिमी अँगालोमा’

रातोघर

 २०८० श्रावण २, मंगलबार  मा प्रकाशित
४४२ पाठक संख्या


काठमाडौं ।

अमेरिका निवासी गीतकार डा. चन्द्र गिरीको प्रेमिल शब्दमा रहेको ‘आउ तिमी अँगालोमा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।अर्जुन पोखरेलको संगीत तथा संगीत संयोजन रहेको यस गीतमा गायक सुरेश लामा र गायिका रचना रिमालको सुमधुर स्वर सुन्न सकिन्छ।

गम्भीर विष्टको कोरियोग्राफी एवं निर्देशनमा रहेको भिडियोमा स्वयम् निर्देशक विष्ट र अनिषा ओलीको मुख्य अभिनय रहेको छ। भिडियोमा गीतकार डा. चन्द्र गिरी, तेजश्वी गिरी, विनिता राई र साजन पाख्रिनलाई पनि अतिथि कलाकारको रुपमा देख्न सकिन्छ। भिडियोमा दिनेश पराजुलीको छायाँकन र नवीन निरौलाको सम्पादन रहेको छ।

गीत रचना सँगसँगै नियात्रा, कथा, कविता लगायत साहित्यका अन्य विधामा समेत निरन्तर कलम चलाईरहेका डा. चन्द्र गिरीको आत्मकथा ‘मैले नदेखेको सपना’ हालै मात्र प्रकाशन भएको छ। डा. गिरीका हालसम्म लगभग २ दर्जन गीत रेकर्ड भैसकेका छन् भने १ दर्जनजति म्युजिक भिडियो समेत बजारमा आएका छन्। नयाँ म्युजिक भिडियो गीतकार गिरीकै अफिसिएल युट्युब च्यानल ‘रुपान्तर म्युजिक’ मार्फत सार्वजनिक भएको छ। भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban