

वीरगञ्ज ।
वीरगञ्ज महानगरपालिकाको नाम लिएर छात्रवृत्ति दिलाई दिने भन्दै ठगी गर्ने एक जनालाई महानगरका मेयर राजेशमान सिंहले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् ।वीरगञ्ज – ६ स्थित मोदी इन्स्टिच्युट एन्ड ट्रेनिङ सेन्टरका सञ्चालक राहुल कुमार मोदीलाई मेयर सिंहले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् ।
मोदीले महानगरपालिकाको सिफारिसमा छात्रवृत्ति दिलाइदिने भन्दै विद्यार्थीहरूसँग पैसा माग गरेको गुनासो आएपछि उनलाई मेयर सिंहले आफ्नो कार्यकक्षमा झिकाएर सोधपुछ गरेका थिए । सोधपुछका क्रममा चित्तबुझ्दो जवाफ नआएपछि उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मा लगाइएको छ ।
इन्स्टिच्युटका सञ्चालक मोदीले एसइई उत्तीर्ण गरेका विद्यार्थीहरूको लागि वीरगञ्ज महानगरपालिकाले कक्षा ११ र १२ मा अध्ययनका लागि उपलब्ध गराउँदै आएको छात्रवृत्तिको परीक्षामा पास गराइदिने प्रलोभन देखाएर एक लाख रुपैयाँ मागेको गुनासो आएको थियो ।
यो पनि पढ्नुहोस् : मोदी इन्स्टिच्युटका सञ्चालक राहुलको सेटिङ धन्दा, महानगरको छात्रवृत्ति परीक्षामा पास गराउँछु भनेर पैसा माग्दै
छात्रवृत्तिका लागि महानगरको शैक्षिक प्रशासन महाशाखालाई ५० हजार, विद्यार्थीले रोजेको विद्यालयलाई ३० हजार र आफूले २० हजार लिने गरी प्रत्येक विद्यार्थीहरूसँग एक लाख रुपैयाँ माग्ने गरेको अडिओ रेकर्ड सार्वजनिक भएपछि वीरगञ्ज मेयर सिंहले मङ्गलवार बिहान मोदीलाई आफ्नो कार्यालयमा झिकाई सोधपुछ गरी आवश्यक कानूनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा
छात्रवृत्तिका लागि महानगरको शैक्षिक प्रशासन महाशाखालाई ५० हजार, विद्यार्थीले रोजेको विद्यालयलाई ३० हजार र आफूले २० हजार लिने गरी प्रत्येक विद्यार्थीहरूसँग एक लाख रुपैयाँ माग्ने गरेको अडिओ रेकर्ड सार्वजनिक भएपछि वीरगञ्ज मेयर सिंहले मङ्गलवार बिहान मोदीलाई आफ्नो कार्यालयमा झिकाई सोधपुछ गरी आवश्यक कानूनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको उनको सचिवालयले जनाएको छ ।





Write your Comment