मधेश : बिडी नदिएपछि बाँसको लाठीले हानेर वृद्धको हत्या, पक्राउ परे युवक

रातोघर

 २०८० श्रावण ५, शुक्रबार  मा प्रकाशित
४८८ पाठक संख्या


वीरगञ्ज ।

बिडी नदिएको झोकमा सप्तरीमा एक युवकले मागिखाने व्यक्ति हत्या गरेको खुलेको छ ।सप्तरी कञ्चनरूप नगरपालिका – ८ बेरियर चौकमा रहेको बस बिसौनीको प्रतीक्षालयमा गत असार ३१ गते बिहान परिचय नखुलेको मागी खने अन्दाजी ६०/६५ वर्षीय पुरुषको शव फेला परेको थियो । उनको हत्या बिडी नदिएको झोकमा एक युवकले गरेको खुलेको हो ।

उनको हत्यामा कञ्चनरूप नगरपालिका – १० बदगमा टोलका २८ वर्षीय मनोज पासवानको संलग्नता रहेको इलाका प्रहरी कार्यालय कञ्चनरूपका प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपक रायले जानकारी दिए । मनोजलाई बुधवार प्रहरीले पक्राउ गरेको छ ।

डिएसपी रायका अनुसार मागी खाने व्यक्ति प्रतीक्षालयमा सुती बिडी खाई रहेको र आफूलाई पनि खान मन लागेपछि मनोजले एउटा बिडी मागेका थिए । तर, मागिखाने व्यक्तिले बिडी नदिई तथानाम गाली गलौच गर्न लागेपछि आवेगमा छेउमा राहेको बाँसको लाठीले उनको टाउकोमा चार/पाँच लाठी प्रहार गरी भागेको मनोजले बयान दिएको डिएसपी रायले बताए ।

मनोज उपर कर्तव्य ज्यान मुद्दामा कानुन बमोजिम कारबाही गर्ने सप्तरी प्रहरीको तयारी छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban