

बैतडी ।
जङ्गली विषालु च्याउ खाँदा बैतडीमा एकै परिवारका पाँच जना बिरामी परेका छन् ।बिरामी पर्नेमा सुर्नया गाउँपालिका–३ तडीगाउँमा ४८ वर्षीय टेकराज भट्ट, उहाँकी श्रीमती ३६ वर्षीया धैली भट्ट, छोरा १० वर्षीय भुवन, पाँच वर्षीय छोरा दशरथ र सात वर्षीया छोरी शारदा रहेका प्रहरीले जनाएकाे छ ।
स्थानीय जङ्गलबाट ल्याएको च्याउ खाएपछि पाँचै जना बिरामी भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो । उनीहरूलाई उपचारका लागि स्थानीय वासुलिङ्ग स्वास्थ्य चौकी लगिएकाेमा त्यहाँ सम्भव नभएपछि डडेल्धुरा अस्पतालमा लगेर भर्ना गरिएको प्रहरीले जनाएको छ ।





Write your Comment