

जब कुरा क्रुज जहाजको आउँछ तब विश्वभरका मानिसहरूको दिमागमा ‘टाइटानिक’ जहाजको नाम आउँछ । तर, आगामी वर्षको जनवरीमा ‘आइकन अफ द सिज्’ नामक विशाल पानीजहाज पहिलोपटक सञ्चालनमा आउँदैछ जसले टाइटानिकको झल्को मेटिदिने विश्वास गरिएको छ ।
किनभने टाइटानिकभन्दा पाँच गुणा विशाल याे पानीजहाज आगामी वर्षदेखि सञ्चालनमा आउँदैछ । टाइटानिक कहिल्यै पनि नडुब्ने पानीजहाज भनेर दाबी गरिएको थियो, तर उक्त जहाज एट्लान्टिक महासागरमा डुब्यो । तर, आइकन अफ द सिज्काे बारेमा भने यस्तो दाबी गरिएको छैन ।
यद्यपि सामाजिक सञ्जालमा यो पानीजहाजलाई लिएर विभिन्न टिकाटिप्पणी हुन थालेपछि भने जहाज निर्माण कम्पनी रोयल क्यारिबियन ईन्टरनेशनले जहाजको बारेमा जानकरी दिएका छन् ।
जहाजको कुल लम्बाई ११ सय ९८ फिट रहेको छ भने यसको तौल २ लाख ५० हजार ८०० गिगाटन रहेका छ । १९ तल्ले आइकन अफ द सिज्मा ४० वटा रेस्टुरेन्ट र बार हुनेछन् । यी सबै रेस्टुरेन्ट र बारमा बलिङ गेम व्यवस्था गरिएको छ ।
यस्तै, यो क्रुज सिपमा सात वटा स्वीमिङ पुल पनि छ भने एक वाटर पार्क रहेको छ । यो वाटर पार्क संसारको अन्य कुनै वाटरपार्कको तुलनामा उत्कृष्ट रहेको छ । क्याटेगोरी ६ नामक यस वाटर पार्कमा ७ वटा वाटर स्लाइड रहेका छन् ।
हालसम्म प्राप्त जानकारी अनुसार जहाजको सबैभन्दा सस्तो टिकट १८ सय ५१ डलर रहेको छ । यो टिकटले मायामीदेखि वेस्टर्न क्यारिबियन सम्मको यात्रा गर्न सकिन्छ । तर, यो टिकट अर्को वर्षको सेप्टेबरमा मात्रै खुल्नेछ । यस्तै, जहाजको सबैभन्दा महँगो टिकट १० हजार ८६४ अमेरिकी डलरको रहेको छ । यो टिकट अर्को वर्षको मार्चबाट बुकिङ गर्न सकिनेछ । जहाजमा विभिन्न २८ खाले रुमहरू रहेको केही रिपोर्टले बताएको छ ।
सुरक्षाका लागि जहाजमा १७ वटा लाइफबोट राखिएको छ । एक लाइफबोटमा करिब ४५० मानिस अट्ने दाबी कम्पनीले गरेको छ । यस क्रुज सिपको परीक्षण यही जुन देखि गरिएको थियो भने हाल सम्मपनि यसको परीक्षण जारी छ । दैनिक भास्करको सहयोगमा





Write your Comment