सरकारले अपराधी जोगाउन ल्याएको विधेयक तत्काल खारेज हुनुपर्छ : कोइराला

रातोघर

 २०८० श्रावण ७, आईतबार  मा प्रकाशित
२५९ पाठक संख्या


काठमाडौं । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कांग्रेसले दण्डहीनतालाई प्रश्रय दिन नहुने भन्दै सरकारले ल्याएको केही नेपाल ऐन संशोधन गर्ने विधेयक​ तत्काल खारेज गर्न माग गरेका छन्।

कांग्रेसको केन्द्रीय कार्यसमितिको जारी बैठकमा बोल्दै कोइरालाले सरकारले भर्खरै ल्याएको केही ऐन संशोधन गर्न बनेको विधेयक तत्काल खारेज गर्न माग गरेका हुन्।उनले नेपाली कांग्रेस लोकातान्त्रिक पार्टी भएकोले दण्डहीनतालाई प्रश्रय दिनेखालको क्रियाकलापमा कांग्रेस संलग्न हुन नहुने बताए।

‘नीतिगत रूपमा दण्डहीनतालाई प्रश्रय दिनेखालको काम गर्न लागेका छौँ। यो विधेयक संसदबाट पास भयो भने दण्डहीनताले संस्थागत रूप लिनेछ। त्यसैले यसलाई तत्काल खारेज गर्नुपर्छ’,उनले भने। सरकारले राजनीतिक विषयसँग सम्बन्धित घटनाहरू जुनसुकै अदालतमा भए पनि फिर्ता लिन वाधा नहुनेगरी विधेयक ल्याएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban