अमेरिकी डलर स्थिर रहँदा बढ्यो पाउण्ड, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच?

रातोघर

 २०८० श्रावण ८, सोमबार  मा प्रकाशित
२५३ पाठक संख्या


सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ।आइतबार एकको खरिददर १३० रुपैयाँ ८२ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४२ पैसामा कारोबार भएको अमेरिकी डलर आज पनि सोही भाउमा किनबेच भएको छ।नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विनिमय दर अनुसार पाउण्ड स्टर्लिङ एकको खरिददर १६८ रुपैयाँ २० पैसा र बिक्रीदर १६८ रुपैयाँ ९७ पैसा तोकिएको छ।

आइतबार पाउण्ड एकको खरिदमा भने १६८ रूपैयाँ ०३ पैसा र बिक्रीदर १६८ रूपैयाँ ८० पैसा कायम गरिएको थियो। आइतबारको तुलनामा आज युरो १७ पैसा बढेको हो।यस्तै, सोमबार अष्ट्रेलियन डलर एकको खरिदमा भने ८८ रुपैयाँ ०२ पैसा र बिक्रीमा ८८ रुपैयाँ ४२ पैसा पाइन्छ।युरोपियन युरो एकको खरिदमा भने १४५ रुपैयाँ ५४ पैसा र बिक्रीमा १४६ रुपैयाँ २० पैसा पाइन्छ।

त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा आज ९८ रुपैयाँ ९३ पैसा र बिक्रीमा ९९ रुपैयाँ ३८ पैसा तोकिएको छ। यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९१ पैसा र बिक्रीमा ३६ रुपैयाँ ०७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ०४ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६२ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७८ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा सोमबार २८ रुपैयाँ ६८ पैसा र बिक्रीमा २८ रुपैयाँ ८१ पैसा पाइन्छ।

सोमबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ६४ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ५९ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ६३ पैसा तोकिएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban