डलरको भाउ घट्यो, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच?

रातोघर

 २०८० श्रावण ९, मंगलबार  मा प्रकाशित
२९३ पाठक संख्या


मंगलबार अमेरिकी डलरको समान्य घटेको छ।

आज अमेरिकी डलर एकको खरिददर १३० रूपैयाँ ६१ पैसा र बिक्री दर १३१ रूपैयाँ २१ पैसा तोकिएको छ। बैंकहरूले भने १३१ रूपैयाँ ०५ पैसाको दरमा डलर बिक्री गरिरहेका छन्।

सोमबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ८२ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४२ पैसामा कारोबार भएको थियो।

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको विनिमय दर अनुसार पाउण्ड स्टर्लिङ एकको खरिददर १६८ रुपैयाँ २० पैसा र बिक्रीदर १६८ रुपैयाँ ९७ पैसा तोकिएको छ।

सोमबार पाउण्ड एकको खरिद दर भने १६८ रूपैयाँ ०३ पैसा र बिक्रीदर १६८ रूपैयाँ ८० पैसा कायम गरिएको थियो। सोमबारको तुलनामा आज युरो १७ पैसा बढेको हो।

यस्तै, मंगलबार अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ १२ पैसा र बिक्री दर ८८ रुपैयाँ ५२ पैसा तोकिएको छ।
युरोपियन युरो एकको खरिद दर  १४४ रुपैयाँ ८६ पैसा र बिक्रीमा १४५ रुपैयाँ ५३ पैसा छ।त्यसैगरी, क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ९७ पैसा र बिक्रीमा ९९ रुपैयाँ ४३ पैसा तोकिएको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८५ पैसा र बिक्रीमा ३६ रुपैयाँ ०२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९८ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रुपैयाँ ५६ पैसा र बिक्रीमा २८ रुपैयाँ ७० पैसा पाइन्छ।

मंगलबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ५८ पैसा र बिक्रीमा ४२७ रुपैयाँ ५३ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ०८ पैसा तोकिएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban