अधिक सुताईले सुगरदेखि मुटुरोगसम्म

रातोघर

 २०८० श्रावण ९, मंगलबार  मा प्रकाशित
२९३ पाठक संख्या


वीरगञ्ज ।

निन्द्रा शारीरिक र मानसिक स्वास्थ्यका लागि महत्त्वपूर्ण पक्ष हो । तर धेरै सुत्दा यो स्वास्थ्यका लागि हानिकारक पनि हुनसक्छ। यसका केही नकारात्मक पक्ष ः

१– धेरै समय सुत्दा शरीरमा ताजापन भन्दा धेरै आलस्यता बढ्छ। शरीरमा स्फूर्ति हुन्न। अल्छी लागिरहेको हुन्न। शरीर पनि सुस्त हुन्छ। काम गर्ने जाँगर हुन्न।

२– दैनिक आठ घण्टा शारीरिक र मानसिक रूपमा स्वस्थ हुन पर्याप्त हुन्छ। आठ घण्टा भन्दा बढी सुत्ने बानी लागेमा मोटोपन बढ्न सक्छ।

३–जति सुत्दा पनि टाउको दुख्न नछाड्ने समस्याले सताएको छ भने त्यो अधिक सुताइबाट पनि हुनसक्छ। धेरै सुत्दा सेरोटोनिक हार्मोन कम भएर टाउको दुख्न सक्छ। यसबाट बच्न पनि धेरै सुत्ने बानी भए सुधार्न आवश्यक छ।

४–अधिक सुत्ने बानीबाट निम्तनसक्ने अर्को जोखिम भनेको डायबिटिज हो। धेरै सुत्ने व्यक्तिको रगतमा सुगरको मात्रा बढ्न सक्छ। यसले थप जोखिम निम्त्याउँछ।

५– अधिक सुत्ने बानीले मुटु सम्बन्धी रोग बढाउन सक्छ। शरीर स्वस्थ हुनका लागि निन्द्रा मात्रै हैन शारीरिक सक्रियता पनि उत्तिकै आवश्यक पर्छ। त्यसैले मुटु रोगबाट जोगिन पनि अधिक सुत्ने बानी लाभदायक हैन।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban