शिक्षामा एकरुपता ल्याउन १२ सम्म दिवा कक्षा

रातोघर

 २०८० श्रावण १०, बुधबार  मा प्रकाशित
२८५ पाठक संख्या


तनहुँ ।

व्यास नगरपालिकाले कक्षा ११ र १२ का विद्यार्थीलाई दिवा कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । नगरपालिकाले पालिकाभित्र सञ्चालन सामुदायिक तथा संस्थागत विद्यालयलाई सो निर्देशन दिएको हो ।

नगरपालिकाका शिक्षा तथा सामाजिक विकास शाखा प्रमुख नविन पराजुलीले विद्यालय शिक्षामा एकरुपता ल्याउनका लागि पालिकाले सो निर्णय गरेको बताए  । उनले भने, ‘कक्षा ११ र १२ विद्यालय तहको शिक्षा हो । कक्षा १० सम्म दिउँसो र ११ र १२ का लागि दिउँसो कक्षा सञ्चालन गरिँदै आएको छ । १ देखि १२ सम्म एकरुपता ल्याउनका लागि दिवा कक्षा सञ्चालन गर्न निर्देशन दिएका हौँं ।’

उनले दिउँसो कक्षा सञ्चालन गर्नका लागि शैक्षिक संस्थाहरुसँग छलफल गर्दै आएको बताए । उनले सिकाइ अवधि पुरा गर्नको लागि समेत दिवा कक्षा आवश्यक रहेको बताए ।

विद्यार्थी संख्या धेरै भएको तर भौतिक पूर्वाधार थोरै भएको विद्यालयमा कक्षा ब्रेक गर्न सकिने उनले बताए । ‘धेरै विद्यार्थी भएका विद्यालयमा कक्षा ११ सम्म दिवा कक्षा सञ्चालन गराउन अनुरोध गरेका छौँ । आगामी शैक्षिक सत्रमा सबैलाई दिवा कक्षा सञ्चालन हुनेछ,’ उनले भने, ‘दिवा कक्षाले सिकाईमा समेत सहयोग पुग्नेछ ।’ उनका अनुसार पालिकाभित्र १५ वटा सामुदायिक र ३ वटा संस्थागत विद्यालयमा कक्षा १२ सम्म अध्यापन हुने गरेको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban