आँखाको नानीको प्रत्यारोपण नि:शुल्क गर्ने लुम्बिनी सरकारको निर्णय

रातोघर

 २०८० श्रावण ११, बिहिबार  मा प्रकाशित
२९२ पाठक संख्या


लुम्बिनी प्रदेश सरकारले प्रदेश भर कर्निया अर्थात आँखाको नानी प्रत्यारोपण निःशुल्क गर्ने भएको छ।प्रदेश स्वास्थ्य मन्त्रालयले  चालु आर्थिक वर्ष २०८०/०८१ को बजेटमा व्यवस्था गरेर आँखाको नानी प्रत्यारोपण तथा  कर्नियाको अपरेसन निःशुल्क गर्ने व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्री राजु खनालले जानकारी दिए ।यो कार्यक्रम लागु गर्ने लुम्बिनी पहिलो प्रदेश हो। उक्त कार्यक्रम लागु गर्नका लागि कार्यविधि बनाउने प्रक्रिया सुरु भइसकेको छ।

छिट्टै सकिने मन्त्री खनालले बताए।यस कार्यक्रम अन्तर्गत सरकारले आँखा नदेख्नेलाई उपचारका लागि रकम उपलब्ध गराउने होइन।  मन्त्री खनालका अनुसार अस्पतालसँग सहकार्य गरी बिरामीको उपचार गरेबापतको रकम सोझै अस्पतालको खातामा पठाइनेछ विभिन्न कारणले आँखाको ज्योती गुमाएकाहरुका लागि यो कार्यक्रम निकै महत्वपूर्ण हुने सरकारको विश्वास छ।

आँखाको ज्योती गुमाएका धेरै ब्यक्तिहरु रकम अभावका कारण नानी प्रत्यारोपण गर्न नसकेर असहज जीवन बाँचिरहेको हुँदा उनीहरुलाई लक्षित गरि कार्यक्रम ल्याइएको मन्त्री खनालले बताए।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban