सप्तरीमा एक युवकको हत्या, एक घाइते

रातोघर

 २०८० श्रावण १२, शुक्रबार  मा प्रकाशित
३७५ पाठक संख्या


जनकपुरधाम ।

सप्तरीमा एक युवकको हत्या भएको छ । अर्का एक युवक घाइते छन् ।तिलाठी कोइलाडी गाउँपालिका ७ मनसापुर गाउँ नजिक हनुमाननगर कंकालिनी नगरपालिका १० इनर्वाका २१ वर्षीय तिर्कनारायण मण्डलको शव हिलोमा फेला परेको र अजय मण्डल नामका अर्का युवक घाइते अवस्थामा फेला परेको सप्तरीका प्रहरी प्रवक्ता नरेशकुमार सिंहले जानकारी दिए ।

‘घटनास्थलको प्रकृति हेर्दा युवकको हत्या नै भएको देखिन्छ । अर्का युवक घाइते छन् । घटना कति बेलाको हो त्यो खुल्न सकेको छैन,’ प्रवक्ता सिंहले भने । उनका अनुसार स्थानीयले आज बिहान ६ बजेतिर शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । घटनाबारे अनुसन्धान गरिरहेको उनले बताए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban