विषालु च्याउ खाँदा एक जनाको मृत्यु

रातोघर

 २०८० श्रावण १९, शुक्रबार  मा प्रकाशित
२८२ पाठक संख्या


काठमाडौँ

जाजरकोटमा विषालु च्याउ खाँदा एक जनाको ज्यान गएको छ भने एक जना बिरामी भएका छन् ।बिहीबार बिहान जंगलबाट ल्याएको च्याउ खाँदा बारेकोट गाउँपालिका ४ का करे सार्कीका १८ वर्षका छोरा तुलबहादुरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक सुनिल थापाले जानकारी दिएका छन् ।

उनका अनुसार तुलबहादुरको हिजो दिउँसो साढे २ बजे ज्यान गएको हो ।तुलबहादुरकी आमा ५० वर्षकी डिली सार्की गम्भीर बिरामी परेकी छन् । उनको नलगाड नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य अस्पतालमा उपचार भइरहेको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban