जन्मसँगै भूकम्पले पुरिएकी बच्ची

रातोघर

 २०८० श्रावण २२, सोमबार  मा प्रकाशित
२५३ पाठक संख्या


संसारमा केही आश्चर्यजनक घटना पनि हुने गरेका छन्। सिरियामा भूकम्पले भत्किएको घरमा जन्मिएकी एउटी बच्चीको जीवितै उद्धार भयो। बच्चाको ढाड आमासँगै जोडिएको थियो। बच्चालाई जन्म दिने बित्तिकै आमाको निधन भएको रहेछ। भूकम्पले भत्किएको घरबाट बच्चा बाहिर निकालिएको दृश्य अहिले भाइरल भएको छ। दृश्यको सर्वत्र चर्चा छ। ती बच्चा ६ अगस्टका दिन ६ महिनाकी भइन। उनी तन्दुरुस्त र खुसी छन्। सिरियाको सहरमा उनका काकी र काकाले अन्य सात सन्तानको साथमा उनलाई हुर्काइरहेका छन्। सर्वत्र वासस्थान रहेको जीयान्दारिसको त्यो सहर टर्कीको सीमा नजिकै पर्छ।

‘तिनी धेरै बुझ्ने भएकी छिन्। मलाई आफ्नै बाबुको रूपमा तथा नवारालाई दिदीको रूपमा बुझेर हाँस्ने गर्छिन्,’ काका खालील अल सवादीले भने। उनका बाबु भने भूकम्पको समयमा बितिसकेका छन्। खालीफा अहिले भतिजीलाई छोरीको रूपमा स्वीकार गर्दै रमाउन थालीसकेका छन्।

६ फेब्रुअरीका दिन गएको भूकम्पका कारण टर्कीको दक्षिण पूर्वी तथा सिरियाको उत्तरी क्षेत्रमा धेरैको ज्यान गएको थियो। सोही क्रममा ४४ हजारको ज्यानसमेत गएको थियो। काममा गएकी अफ्राकी आमाले त्यही बच्चा जन्माएकी थिइन्। उद्धारकर्ताले फेला पार्दा उनको ज्यान गइसकेको थियो।उनको आफ्नै परिवारमा भने अफ्रा एक जना मात्र जीवित छिन्।

उनकी आमासँगै बाबु राइडाना र चार दाजुभाइ दिदी बहिनीको ज्यान गइसकेको छ। ‘मैले अब राइदानको घर भत्किएको देखेको थिए,’ खालीलले भने, ‘मेरो श्रीमती मेरो भाइ भनेर कराइ रहेकी थिइन्।’ खालिलले अफ्रालई जबरजस्ती भग्नावशेष भएको स्थानबाट झिकेको अझै याद छ। ‘कसैले मलाई त्यहाँ महिलाको शरीर भएको बताएको थियो’ खालीलले भने। खालील त्यहाँ पुगेर खन्न थालेका थिए। त्यहाँ बच्चा अफ्रा आमासँग नै जोडिएकी थिइन। त्यस परिवारको जीवित संस्मरण उनी मात्रै हुन्।

त्यो नाटकीय भिडियो सामाजिक सञ्जालमा छरपस्ट भयो र भाइरल पनि भयो। त्यो बच्चालाई अस्पताल लगियो र आया नाम दिइयो। अरबी भाषाको आयाको अर्थ चमत्कार हुन्छ। त्यस समयमा चिकित्सकले बच्चाको श्वासप्रश्वासमा समस्या रहेको जनाएका थिए। ६ महिना पछि बच्चाको स्वास्थ्यमा कुनै समस्या छैन। ‘भूकम्पपछि नै उनको छातीमा समस्या रहेको थियो। तर, अहिले एकदमै ठिक छ,’ खालीलले भने।

अहिले ठिक भए पनि गएका ६ महिना अत्यन्त कठिन थिए। अफ्रा अस्पतालमा थिए। संसारभरका हजारौँ जना उनलाई हेर्न आएका थिए। त्यसपछि खालीफा र उनकी श्रीमतीले अफ्रालाई नै साथ लिन चाहेका थिए। अफ्राको डिएनए परीक्षण गरेर मात्र काका काकीलाई हस्तान्तरण गरिने भयो। डिएनए नतिजा आउनु अघिसम्म अस्पतालबाट नै अपहरण हुने हो कि भन्ने चिन्ताले उनीहरूलाई सताइरहेको थियो। उनीहरूले अस्पतालमा रहेर नै बढी सावधानी अपनाएका थिए।

ती बच्चालाई सुरक्षा दिने क्रममा प्रहरी र सेनाले नै साथ दिएका थिए। ती सबैले अफ्रा रहेको भन्दा पल्लो कोठामा रहेर रातभर हेरिरहे। डिएनए नतिजाले उनीहरू बीचमा रगतको साइनो भएको पुष्टि भएको थियो। त्यसपछि नै अफ्राको डिस्चार्ज भएको हो। त्यसपछि खालील र उनकी श्रीमतीले बच्चाको नाम अफ्रा राखे। ‘उनी अहिले मेरै बच्चा हुन, म उनी भन्दा एक छिन पनि टाढा रहन सक्दिन’ खालीलले भने।

उनीहरूको घर भने यसरी भत्किएको थियो कि उनीहरू त्यहाँ बस्ने अवस्था नै थिएन। खालीले घर गाडी दुवै गुमाएको बताए। उनीहरू जीवन नै कठिन भएको टेन्टमा बसोबास गर्न पुगेका थिए। त्यस परिवारले आफू बसोबास गर्ने घर पनि पायो। तर, भाडा एकदमै महंगो भएका कारण उनीहरू लामो समय त्यहाँ रहन सकेनन्। धेरै जनाले उनीहरूलाई संयुक्त अरब इमिरेट्स या बेलायतमा बसोबास गर्नका लागि सल्लाह दिए। तथापि उनीहरूको कुरा कसैले पनि चासो दिएनन्। जन्दारीयामा अझ धेरै जना अत्यन्त खराब अवस्थामा बसी रहेको उनीहरू बताउँछन्।

धेरै जना घरबारबिहीन भएका छन्। ६ महिनासम्म उनीहरूको कुनै अत्तोपत्तो थिएन। उत्तर पश्चिम सिरियामा चार हजार ५ सय जना मारिए भने ५० हजार विस्थापित भएको संयुक्त राष्ट्र सङ्घको रिपोर्टमा छ। १२ वर्षे युद्धका कारण क्षतविक्षत भएको देश सिरियामा ४० लाख मानिसले अझै कठिन जीवन बिताइरहेका छन्।

उनलाई आफ्नो बनाउन संसारभरका मानिस कत्तिसम्म दत्तचित्त भएका थिए। एक कुबेती टिभी एंकरले त कार्यक्रममै ती बच्चालाई स्वीकार गर्न सकिने बताएका थिए। अस्पतालमा व्यवस्थापक खालीद अतेहाले ती बच्चीलाई स्वीकार गर्न दर्जनौँ कल आएको बताएका थिए। डा. आतेहको बच्ची पनि उनी भन्दा चार महिना मात्र जेठी हुन्। त्यस कारण ची चिकित्सकले पनि अन्य कसैको अनुमति नलिई बच्ची कसैलाई पनि नदिने बताएका हुन्।

भूकम्पपछि प्राय सहर ध्वस्त भइरहँदा सरकार नतमस्तक भएको थियो। विद्रोही कब्जामा धेरै स्थान रहेका कारण अझ थुप्रै समस्या छन्। केही दिनअघि मात्र राष्ट्र संघले विरोधीको कब्जामा रहेको स्थानमा खाद्यान्न सहयोग गर्ने जनाएको थियो। त्यहाँ ४१ जना खाद्यान्नकै लागि पनि दातृ राष्ट्रको सहयोगको भरमा परेका छन्।पछिल्लो समय मानवीय सहयोग गर्ने सवालमा राष्ट्र संघका निकाय र सुरक्षा परिषद् सचेत छन्। तथापि युद्ध विरामका लागि सबै प्रयास यथावतै नै रहेको छ। सन् २०११ मा गृह युद्धको सुरुवात हुँदा राष्ट्रपति बसार अल असादले विपक्षी समूहलाई विद्रोहीको संज्ञा दिएका थिए। यी यावत समस्याका माझ भूकम्पका कारण सिरियामा समस्या छ। आफ्ना सन्तान र भतिजी हुर्काउने खालीलको जिम्मेवारी पक्कै पनि महत्त्वपूर्ण छ। तथापि ती बच्चीलाई भविष्यमा राम्रो र सुन्दर घर दिने उनको चाहना पक्कै पुरा हुनेछ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban