सडकमा मकै बेच्ने युवतीसँग महानगर प्रहरीकाे प्रेम बसेपछि‍‍‍…

रातोघर

 २०८० श्रावण २४, बुधबार  मा प्रकाशित
७६३ पाठक संख्या


गायक यश कुमारकाे म्युजिकल फिल्म सुस्तरी सुस्तरी डिजिटल बजारमा सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक भएकाे याे म्युजिकल फिल्ममा नगर प्रहरी र सडकमा मकै बेच्दै गरेकी युवतीबीचको सुन्दर प्रेमकथा छ ।

नगर प्रहरीको भूमिकामा गायक तथा अभिनेता यश कुमार आफैँ छन् भने सडक व्यापारीको भूमिकामा अभिनेत्री अनु थापा छिन् । गायनमा यशलाई अनु चाैधरीले साथ दिएकी छिन् ।

नगर प्रहरी र सडक व्यापारीबीचकाे द्वन्द्वबाट सुरु हुने कथा प्रेममा परिणत हुँदै सडकमा व्यापार गर्नुहुँदैन भन्ने सन्देश दिएर टुंगिन्छ ।
यश कुमारकै कथा रहेको म्युजिकल फिल्ममा राजेश घटानी, पञ्ची तामाङ र अनिता लामाले पनि अभिनयमा साथ दिएका छन् । म्युजिकल फिल्मको निर्देशन निकेश खड्काले गरेका हुन् । गीतकाे शब्द र संगीत पनि यशकाे आफ्नै हाे ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban