बाँदर लखेट्न जाँदा आफैँले बोकेको बन्दुक पड्किएर एक जनाको मृत्यु

रातोघर

 २०८० श्रावण २६, शुक्रबार  मा प्रकाशित
३५९ पाठक संख्या


अर्घाखाँची ।

अर्घाखाँचीको भुमिकास्थान नगरपालिका ७ मा आफैँले बोकेको भरुवा बन्दुक पड्किएर एक जनाको मृत्यु भएको छ ।भुमिकास्थान नगरपालिका ७ पानडाँडाका ४५ वर्षीय पदम केसीको आफ्नै बारीमा बाँदर धपाउन जाने क्रममा बन्दुक पड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी मुकुन्द रिजालले बताए ।

आज बिहान सवा ११ बजेतिर आफैँले बोकेको भरुवा बन्दुक पड्किएर घाइते भएका केसीको उपचारका लागि ल्याउदै गर्दा बाटोमै मृत्यु भएको हो ।भरुवा बन्दुक प्रहरीले नियन्त्रणमा लिएको र घटनाको बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक कृष्णप्रसाद घिमिरेले बताए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban