आफ्नै संवेदनशील अङ्ग काटेर युवक अस्पताल पुगेपछि

रातोघर

 २०८० श्रावण ३२, बिहिबार  मा प्रकाशित
३९८ पाठक संख्या


वीरगञ्ज ।

मकवानपुरको हेटौँडामा एक युवक आफ्नै संवेदनशील अङ्ग काटेर घाइते भएका छन् ।मकवानपुरको हेटौँडास्थित एक होटेलमा बसेका युवकले लिङ्ग काटेर घाइते भएपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।हेटौँडा उपमहानगरपालिका–१०, बसपार्कस्थित फूलबारी होटेल एन्ड लजमा बसेका २२ नवीन हुमागाईँले आफ्नै संवेदनशील अङ्ग काटेको प्रहरीले जनाएको छ ।

मकवानपुर गढी गाउँपालिका–७, नयाँ गाउँ स्थायी ठेगाना भएका उनले बुधवार राती १० बजेको समयमा आफ्नै संवेदनशील अङ्ग काटेर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

संवेदनशील अङ्ग काटेर उपचारको लागि उनी आफै हेटौँडा अस्पताल पुगेका थिए । अस्पतालले थप उपचारको राति १२ बजे चितवनको भरतपुर रिफर गरिदिएको छ ।

प्रहरीलाई बयानको क्रममा उनले आफैले आफ्नो लिङ्ग काटेको बताएका छन् । उनको अवस्था हाल मध्यम रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी भनाइ छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban