

मकवानपुर ।
मकवानपुरको विकट कैलाश गाउँपालिकामा खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ । कैलाश- १०, भालटारमा मनहरी खोलाले बगाउँदा स्थानीय ४ वर्षीया प्रमिशा स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
आइतबार दिउँसो साथीहरूसँग खेल्न गएकी प्रमिशालाई खोलाले बगाउँदा मृत्यु भएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।





Write your Comment