

काठमाडौँ ।
मैले एक दशक जति भारत र नेपालका धेरै योगी बाबाका आश्रममा गएर योग-ध्यान अभ्यास र वेद-उपनिषद्को अध्ययन गरेको छु। मेरो अनुभवको आधारमा केही कुरा राख्न चाहन्छु।भनिन्छ, मानिस चार विशेष परिस्थितिहरूमा ईश्वर स्मरण र अध्यात्मतर्फ लाग्छ-आर्थी, अर्थार्थी, जिज्ञासु र ज्ञानी।
पहिलो,
आर्थी– जो रोगव्याधिको प्रकोपमा या दुःख पीडामा छ। हो, दुःखीलाई सहारा र आस्थाको बढी आवश्यकता महसुस हुन्छ। प्राय: सबै धर्मका धर्मग्रन्थहरूमा ईश्वरलाई सङ्कटमोचन अर्थात् अनाथहरूको नाथको रूपमा वर्णन गरिएको हुन्छ। त्यसैले त आज देशमा चरम निराशा हुँदा सबै नेपालीको मुखमा अब बचाए पशुपतिनाथले नै बचाउन् भनेको सुनिन्छ। सरकारबाट त कुनै आशै छैन।
दोस्रो,
अर्थार्थी– विष्णु सबैलाई नचाहिए पनि लक्ष्मी नचाहिने विरलै होलान्। धर्म, अर्थ, काम र मोक्षलाई शास्त्रहरूमा जीवनका चार पुरुषार्थ भनिएको छ तर भ्रष्टाचार र कालोबजारीले कमाएको धनले सम्पन्नता देला तर मनको शान्ति दिंदैन, मोक्ष दिंदैन भनिएको छ।





Write your Comment