निल आर्मस्ट्रङ्गपछि काे-काे पुगे चन्द्रमामा ? एउटै व्यक्ति ६ पल्टसम्म उत्रेको रेकर्ड

रातोघर

 २०८० भाद्र ९, शनिबार  मा प्रकाशित
७२३ पाठक संख्या


भारतको चन्द्रयान(३  पहिलोपल्ट चन्द्रमाको दक्षिणी ध्रुवको सतहमा सफलतापूर्वक अवतरण गरेसँगै चन्द्रमासम्बन्धी  विविध रहस्यको पर्दा उघ्रिने विश्वास गरिएको छ । यसै सन्दर्भमा धेरैलाई चन्द्रमासम्बन्धी उत्सुकता पनि बढेको छ । जस्तो कि चन्द्रमामा अहिलेसम्म कति मान्छेले पाइला टेके, ककसले यसकाे चक्कर लगाए, तीमध्ये को को जीवित छन् आदि ।

त्यसैले यो सामग्रीमा चन्द्रमामा अहिलेसम्म पाइला टेक्ने र चन्द्रमालाई चक्कर लगाउनेहरूको बारेमा संक्षिप्त चर्चा गरिएकाे छ, जुन नासाको वेबसाटमा रहेका जानकारीका आधारमा तयार गरिएको हो ।

धेरैलाई लाग्छ, चन्द्रमामा निल आर्मस्ट्रङ्ग मात्रै गएका छन् । तर, यस्तो होइन । निल आर्मस्ट्रङ्गबाहेक चन्द्रमामा अन्य ११ जना अन्तरिक्षयात्री पनि उत्रेका छन् । १२ जनाकाे सूचीमा निल आर्मस्ट्रङ्ग पृथ्वीबाट चन्द्रमामा पाइला टेक्ने प्रथम व्यक्ति थिए ।

चन्द्रमामा जाने प्रयास धेरै देशले गरे तर तीमध्ये केही मात्र सफल भए । तत्कालीन सोभियत संघ सबैभन्दा पहिला चन्द्रमामा पुगेको थियो । छिमेकी भारत पनि चन्द्रमामा पुग्न सफल देशहरूको सूचीमा पर्छ तर उसले पनि हालसम्म मान्छेलाई पठाउन सकेको छैन । चन्द्रयान-३ सफल भएसँगै भारतले केही वर्षभित्र मान्छेलाई चन्द्रमामा पठाउँदै छ ।

अमेरिका, रुस, चीन र भारत चन्द्रमामा सफल मिसन पठाइसकेका देश हुन् । तर, हालसम्म चन्द्रमामा अमेरिकाबाहेक कुनै पनि देशले मान्छे पठाउन सकेका छैनन् । चन्द्रमाकाे भूमिमा पाइला टेक्ने १२ जना सबै अमेरिकी हुन् ।

चन्द्रमामा पाइला टेकेका अन्तरिक्षयात्रीहरूः  

१. निल आर्मस्ट्रङ्ग 

५ अगस्ट १९३० मा अमेरिकाको वापाकोनेटामा जन्मेका निल आर्मस्ट्रङ्ग चन्द्रमामा पाइला राख्ने विश्वकै प्रथम व्यक्ति थिए । उनी सन् १९६९ मा नासाले पठाएको चन्द्र मिसन एपोलो ११ का कमाण्डर थिए । उनले धेरै पुरस्कार तथा सम्मानहरू पाए । उनको निधन २५ अगस्ट २०१२ मा ८२ वर्षको उमेरमा भएको थियो ।

बज एल्ड्रिन 

अमेरिकी नागरिक बज पनि अन्तरिक्षयात्री थिए । उनको जन्म २० जनवरी १९३० मा अमेरिकाको ग्लेन रिजमा भएको थियो । चन्द्रमामा पाइला टेक्ने उनी संसारका दोस्रो व्यक्ति थिए । बज पनि निल आर्मस्ट्रङ्गसँगै चन्द्रमामा पुगेका थिए । उनी एपोलो ११ मिसनको लुनर मोड्युलका पाइलट थिए । त्यो मिसनका उनी एक मात्र सदस्य हुन्, जो अहिले पनि जीवित छन् । सन् २०१६ मा बज एल्ड्रिन चन्द्रमाको उत्तरी ध्रुवमा पनि गएका थिए । त्यहाँ जाने उनी सबैभन्दा ज्येष्ठ व्यक्ति हुन् । उत्तरी ध्रुवमा पुग्दा उनको उमेर ८६ वर्ष थियो ।

पिट कोनरड 

पिटको जन्म २ जून १९३० मा अमेरिकाको फिलिपडेलफियामा भएको थियो । उनी चन्द्रमामा पुग्ने तेस्रो व्यक्ति हुन् । पिट सन् १९६९ मा नासाले पठाएको चन्द्र मिसन एपोलो १२ का सदस्य थिए । उनको मृत्यु ८ जुलाई १९९९ मा ६९ वर्षको उमेरमा भएको थियो ।

एलन बिन

एलन बिन पनि अमेरिकी नागरिक नै हुन् । उनको जन्म १५ मार्च १९३२ मा टेक्सासमा भएको थियो । एलन चन्द्रमामा पुग्ने संसारका चौथो व्यक्ति थिए । उनी सन् १९६९ मा नासाले पठाएको चन्द्र मिसन एपोलो १२ का पाइलट थिए । एलनको मृत्यु २६ मे २०१८ मा ८६ वर्षको उमेरमा भएको थियो ।

एलन शेपर्ड 

अमेरिकाको क्यालिफोर्नियामा १८ नोभेम्बर १९२३ मा जन्मेका एलन चन्द्रमामा पुग्ने विश्वका पाँचौँ अन्तरिक्षयात्री हुन् । उनी सन् १९७१ मा नासाले पठाएको एपोलो १४ का सदस्य थिए । उनको मृत्यु २१ जुलाई १९८८ मा ७४ वर्षको उमेरमा भएको थियो ।

एडगर मिसेल 

एडगर पनि अमेरिकी नागरिक थिए, जसको जन्म १७ सेप्टेम्बर १९३० मा टेक्सासमा भएको थियो । उनी चन्द्रमामा पुग्ने विश्वका छैटौँ व्यक्ति हुन् । एडगर सन् १९७१ मा नासाले पठाएको चन्द्र मिसन एपोलो १४ का सदस्य थिए । उनको मृत्यु ४ जुलाई २०१६ मा ८५ वर्षको उमेरमा भएको थियो ।

डभिड स्कट 

डभिड पनि अमेरिकी नै हुन् । उनको जन्म ६ जून १९३२ मा टेक्सासमा भएको थियो । उनी चन्द्रमामा पाइला टेक्ने विश्वका सातौँ व्यक्ति हुन् । उनी सन् १९७१ मा नासाले पठाएको चन्द्र मिसन एपोलो १५ का सदस्य थिए । उनले तीनपल्ट चन्द्रमाको यात्रा गरेका थिए । एडगर एपोलो १५, एपोलो ९ र जेमिनी ८ मिसनका सदस्य थिए । उनले विभिन्न सम्मान तथा पदकहरू पाएका थिए । उनको मृत्यु सन् २०२१ मा ८९ वर्षको उमेरमा भएको थियो ।

जेम्स डरविन 

अमेरिकी नागरिक जेम्स १७ मार्च १९३० मा पेन्सिलभेनियामा जन्मेका थिए । उनी चन्द्रमामा पाइला टेक्ने संसारका आठौँ व्यक्ति हुन् । सन् १९७१ मा नासाले पठाएको चन्द्र मिसन एपोलो १५ का सदस्य रहेका जेम्सको मृत्यु ८ अगस्ट १९७१ मा ६१ वर्षको उमेरमा भएको थियो ।

जन योङ

जन योङ पनि अमेरिकी नागरिक थिए । उनको जन्म २४ सेप्टेम्बर १९३० मा क्यालिफोर्नियामा भएको थियो । जोन चन्द्रमामा पुग्ने विश्वका नवौँ व्यक्ति हुन् । उनी सन् १९७२ मा नासाले पठाएको एपोलो १६ का सदस्य थिए । यसबाहेक उनको नाममा चन्द्रमामा सबैभन्दा बढी ६ पल्ट पाइला टेकेको विश्व रेकर्ड पनि छ । उनी एपोलो १०, एपोलो १६, जेमिनी, जेमिनी ३, एसटीएस १ र एसटीएस ९ मिसनका सदस्य थिए । उनको मृत्यु ५ जनवरी २०१८ मा ८७ वर्षको उमेरमा भएको थियो ।

चार्ल्स ड्युक 

उनी पनि अमेरिकी नागरिक नै थिए, जसको जन्म ३ अक्टुबर १९३५ मा नर्थ क्यारोलिनामा भएको थियो । चार्ल्स चन्द्रमामा पुग्ने दशौँ व्यक्ति हुन् । उनी सन् १९७२ मा नासाले पठाएको एपोलो १६ का सदस्य थिए ।

युजिन सेरनन

युजिन सेरनन पनि एक अमेरिकी नागरिक थिए । उनको जन्म ७ डिसेम्बर १९३४ मा सिकागोमा भएको थियो । युजिन चन्द्रमामा पुग्ने विश्वका एघारौँ व्यक्ति हुन् । उनी सन् १९७२ मा नासाले पठाएको एपोलो १७ का सदस्य थिए । यसबाहेक उनी एपोलो १०, जेमिनी ९ ए मिसनका पनि सदस्य थिए । उनको मृत्यु ६ जनवरी २०१७ मा ८२ वर्षको उमेरमा भएको थियो ।

ह्यारिसन स्मिथ 

अमेरिकाको न्यु मेक्सिकोमा ३ जुलाई १९३५ मा जन्मेका ह्यारिसन चन्द्रमामा पुग्ने विश्वका बाह्रौँ व्यक्ति हुन् । उनी सन् १९७२ मा नासाले पठाएको एपोलो १७ मा भूवैज्ञानिकका रूपमा चन्द्रमामा गएका थिए ।

जसले चन्द्रमाको परिक्रमा गरे 

चन्द्रमामा पुगे पनि त्यहाँको सतहमा नओर्लीकन अन्य १२ अन्तरिक्षयात्रीले चन्द्रमाको परिक्रमा गरेका थिए । यो सूचीमा फ्र्यांक बोर्मान, विलियम एन्डर्स, जेम्स लोभेल जुनियर, थोमास स्टेफोर्ड, माइकल कोलिन्स, रिचार्ड जोर्डोन जुनियर, फ्रेड हाइस जुनियर, जोन स्विगर्ट, स्टर्ट रुसा, अल्फ्रेड बोर्डेन, थोमास माटिङ्ग्ली र रोनाल्ड इभान पर्छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban