

भारत ।
भारतको उत्तर प्रदेशमा श्रीमतीले रक्सी खान निषेध गर्दा एक पुरुषले आक्रोशित हुँदै झुन्डिएर आत्महत्या गरेका छन् ।रक्सी पिएर श्रीमान् र श्रीमतीको सधैँ झगडा हुने गरेको बताइएको छ । शुक्रवार उनले श्रीमानलाई राति अबेरसम्म रक्सी खान मनाही गरेपछि आत्महत्या गरेको प्रहरीले जनाएको छ । मृत्युको जानकारी पाएर प्रहरीले शवलाई आफ्नो नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि पठाएर थप कानुनी कारबाही अघि बढाएको छ ।
श्रीमतीले रक्सी नखान बारम्बार आग्रह गर्दा झगडा हुने गरेको परिवारले जनाएको छ ।मृतकका आफन्तले एक्कासि यति ठूलो कदम चाल्छन् भन्ने पत्तो नै नरहेको बताएका छन् । घटनापछि परिवारका सदस्यहरूबिच हङ्गामा मच्चिएको छ । प्रहरी थप अनुसन्धानमा जुटेको छ । मृतकले मजदुरी गरेर परिवार चलाउने गरेका थिए ।





Write your Comment