सप्तकोसी किनारमा मोबाइल र जुत्ता राखेर डाक्टर बेपत्ता

रातोघर

 २०८० भाद्र ११, सोमबार  मा प्रकाशित
३८० पाठक संख्या


विराटनगर ।

झापा दमकका डाक्टर उज्ज्वल कोइराला उदयपुर बेलका चतरा पुल छेउमा आफ्नो गाडी राखेर बेपत्ता भएका छन् । उनले  लगाएको जुत्ता र उनले चलाउने मोबाइल सप्तकोसी नदी किनारमा भेटिएको सुनसरीका प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए ।

‘मान्छे कता जानुभयो या के भयो भन्ने कुरामा सुनसरी र उदयपुर प्रहरीले खोजी गरिरहेको छ । दमकमा रहेका उनको घरपरिवार र आफन्तलाई पनि जानकारी भएको छ,’ उनले भने ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban