

काठमाडौं।
चन्द्रयान–३ मिसनको सफलता पछि भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले सूर्यको अध्ययन गर्ने भएको छ ।भारतको पहिलो अन्तरिक्ष आधारित अब्जर्भेटरी ‘आदित्य एल– १’, सेप्टेम्बर २ मा बिहान ११.५० बजे श्रीहरिकोटाबाट प्रक्षेपण गरिने भएको छ ।
अन्तरिक्ष एजेन्सीले सामाजिक सञ्जाल मार्फत सूर्यको अध्ययन गर्ने पहिलो अन्तरिक्ष आधारित भारतीय वेधशाला पिएसएलभी–सी ५७ रकेट मार्फत प्रक्षेपण गरिने जनाएको छ ।आदित्य–एल १ मिसनको लक्ष्य एल–१ को परिक्रमाबाट सूर्यको अध्ययन गर्नु हो ।
यो अन्तरिक्ष यानले सात वटा पेलोड बोक्ने छ, जसले फोटो स्फियर (प्रकाश मण्डल), क्रोमोस्फियर (सूर्यको देखिने सतहभन्दा माथि) र सूर्यको बाहिरी तह (कोरोना) विभिन्न तरङ्ग ब्यान्डमा अवलोकन गर्न मद्दत गर्नेछ ।





Write your Comment