रास्वपाले मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्दै

रातोघर

 २०८० भाद्र १५, शुक्रबार  मा प्रकाशित
२६७ पाठक संख्या


काठमाडौं।

राष्ट्रिय स्वतन्त्र पार्टीले मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्ने भएको छ। यही भदौ १६ गते शनिबार र १७ गते आइतबार प्रशिक्षण कार्यक्रम गर्ने भएको हो।पछिल्लो राजनीतिक घटनाक्रम, पार्टी, नीति–सिद्धान्त र दृष्टिकोणमा आधारित रहेर प्रशिक्षण आयोजना गर्न लागिएको राष्ट्रिय स्वतन्त्र पार्टीले जानकारी दिएको छ।

पार्टी सभापति रवि लामिछाने, प्रशिक्षण विभाग प्रमुख अनील केशरी शाहलगायतले प्रशिक्षण दिने कार्यसूची रहेको रास्वपाले जानकारी दिएको छ।त्यस्तै भदौ २२ र २३ गते बागमती प्रदेशमा प्रशिक्षण सञ्चालन गरिने उपसभापति अर्यालले जानकारी दिए।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban