बिल बिजकभन्दा बढि सामान बोकेको ट्रक नियन्त्रणमा

रातोघर

 २०८० भाद्र २५, सोमबार  मा प्रकाशित
४१० पाठक संख्या


वीरगञ्ज ।

प्रहरीले बिलबिजक भन्दा बढी लत्ताकपडा तथा खुद्रा सामाग्री लोड रहेको आशंकामा एउटा ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक स्थित सडकखण्डमा भे.१ ख ३१९४ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो ।

बिल विजक भन्दा बढी खुद्रा तथा लत्ताकपडा लगायतका सामानहरू बोकेको ट्रक वीरगञ्जबाट बाँकेतर्फ गइरहेको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले ट्रक नियन्त्रणमा लिएको थियो ।

राति साढे १० बजे ट्रक रोकेर चेकजाँच गर्दा ट्रकमा विल बिजक शंकास्पद देखिएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले जानकारी दिनुभयो ।

ट्रकमा ७५ लाख ९२ हजार ७२४ रुपैँया बराबरको खुद्रा तथा लत्ताकपडा लगायतका सामाग्रीहरू फेला परेको उहाँले बताउनुभयो । बरामद गरिएको सामान सहितको ट्रक आवश्यक कारवाहीका लागि आज राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban