चिकित्सक कुटपिटको विरोधमा आज हेटौँडाका सम्पूर्ण स्वास्थ्य संस्था ठप्प

रातोघर

 २०८० भाद्र २९, शुक्रबार  मा प्रकाशित
३७५ पाठक संख्या


हेटौँडा

हेटौँडाका सम्पूर्ण स्वास्थ्य संस्थाले आकस्मिक बाहेकका सबै सेवाहरू बन्द गरेका छन् ।चिकित्सक कुटपिटको विरोध तथा सो घटनामा संलग्नलाई कारबाहीको माग गर्दै हेटौँडाका सरकारी तथा निजी स्वास्थ्य संस्थाका आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको हो ।

सुरक्षा नभएको तथा यथास्थितिमा उपचार सेवा दिन नसक्ने भन्दै हेटौँडाका चिकित्सकहरूले आकस्मिक बाहेक सबै सेवा ठप्प पार्दै आन्दोलनसमेत थालेका छन् ।

नेपाल चिकित्सक सङ्घमा आबद्ध सबै सङ्घसंस्थाका प्रतिनिधिले मकवानपुरका प्रमुख जिल्ला अधिकारीलाई सामूहिक पत्राचारमार्फत घटनाको ४८ घण्टा बितिसक्दा पनि प्रहरीले दोषीलाई कारबाहीको दायरामा नल्याएको भन्दै आजबाट आकस्मिक बाहेकको सबै सेवा बन्द गरी आन्दोलनमा उत्रेको जानकारी गराएका हुन् ।

डेङ्गी सङ्क्रमणको कारण एक महिनाअघि मृत्यु भएका हेटौँडा – १२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै उनका आफन्तसहित केही युवाले बुधवार दुई जना डाक्टरमाथि अस्पतालभित्रै छिरेर कुटपिट गरेका थिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban