आन्दोलनको तयारीमा स्थानीय तहका कर्मचारी

रातोघर

 २०८० आश्विन ४, बिहिबार  मा प्रकाशित
४२२ पाठक संख्या


शिक्षकहरुको आन्दोलन सुरु भ​ए सङ्गै अब स्थानिय तहका कर्मचारी पनि आन्दोलनको तयारी गरेका छ्न । संघीय निजामती विधेयक ल्याउन दबाब दिँदै स्थानीय तहका कर्मचारीले पनि आन्दोलनको तयारी थालेका छन ।

प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाबाटै नै हुने व्यवस्था लागु गर्नुपर्ने, स्थानीय सेवाबाट प्रदेश र संघीय निजामती सेवामा प्रवेश गर्न उमेर हद लागु हुन नहुने, समायोजन भएकाहरूको भविष्यलाई उचित सम्बोधन गर्नुपर्ने माग राखेर काठमाडौँ केन्द्रित आन्दोलन गर्न लागिएको आन्दोलनका संयोजक दीपक गौतमले सुचना सार्वजनिक गर्दै बताएका छ्न ।

असोज १२ गते देखि काठमाडौं केन्द्रित भएर सशक्त आन्दोलन सुरु गर्ने र प्रत्येक पालिका, वडा कार्यालयमा ‘पेन डाउन’ गर्दै सिंहदरवार अगाडि विरोध प्रदर्शन गर्ने कार्यक्रम अघि सारिएको छ । संयोजक गौतम प्रस्तावित कार्यक्रमअनुसार नै निर्णय हुने र आन्दोलन अघि बढ्ने बताए ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban