पर्साबाट बिल बिजक भन्दा बढी सामान लोड ट्रक पक्राउ

रातोघर

 २०८० आश्विन १०, बुधबार  मा प्रकाशित
३१७ पाठक संख्या


वीरगञ्ज ।

पर्सा प्रहरीले बिल बिजक भन्दा बढी सामान बोकेको ट्रकलाई पक्राउ गरेको छ । गएराती बिल बिजक भन्दा बढी कस्मेटिक तथा खुद्रा सामानहरु लोड रहेको ट्रकलाई प्रहरीले बीरगन्जबाट पक्राउ गरेको हो ।

प्रहरीले विशेष सूचनाको आधारमा वीरगञ्जबाट मोरङतर्फ जाँदै गरेको ना ३ ख ३९४९ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको जनाएको छ ।प्रहरीले ट्रकबाट अन्दाजी ५८ लाख १६ हजार ६२८ रुपैयाँ बराबरको कस्मेटिक तथा खुद्रा सामाग्री बरामद गरेको पर्सा प्रहरीका प्रवक्ता कुमारविक्रम थापाले बताएका छन् ।

उनका अनुसार बरामद ट्रक जाँच गर्ने क्रममा बिल बिजक भन्दा बढी नै सामान पाइएको हो । बरामद सामानसहितको ट्रक थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban