शिक्षक लाइसेन्सको नतिजा एसएमएसबाट थाहा पाउन सकिने

रातोघर

 १९ आश्विन २०८०, शुक्रबार १४:२०  मा प्रकाशित
३०९ पाठक संख्या



काठमाडौं ।

माध्यमिक तहको अध्यापन अनुमति पत्रको परीक्षाको नतिजा एसएमएस मार्फत हेर्न सकिने भएको छ । शिक्षाक सेवा आयोगले एक सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो ।

आयोगको  सूचना अनुसार गत भदौ २३ मा सञ्चालन भएको परीक्षामा सहभागी परीक्षार्थीहरूको नतिजा एसएमएसमबाट हेर्न सकिनेछ ।“मिति २०८०/०१/३१ मा प्रकाशति विज्ञापन नम्बर ३९/०७९/०८०, माध्यमिक तहको अध्यापन अनुमति पत्रको मिति २०८०/०५/२३ गते सञ्चलान भएको परीक्षामा सहभागी भएका परीक्षार्थीहरूले यस आयोगबाट नतिजा प्रकाशति भए पश्चात नतिजा हेर्न सकिने छ,” आयोगले जारी सूचनामा भनिएको छ ।

परीक्षाको नतिजा एसएमएस मार्फत हेर्न निम्न प्रक्रिया अपनाउनु पर्छ:

 -मोबाइलको मेसेज बक्समा जानुहोस् ।

-अङ्ग्रेजीमा टीएससीएस (TSCL) टाइप गरी एउटा स्पेस दिनुहोस् ।

-११ अङ्कको तपाईंको रोल नम्बर राख्नुहोस् ।

– र ३१००७ मा उक्त एमएमएस पठाउनुहोस् ।

Write your Comment