सिमरा ।
हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिमराले आफ्नो १६औं वार्षिक साधारणसभा सम्पन्न सम्पन्न गरेको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थिते थानिमाई सामुदायिक वन ९सिमरा पार्क० मा संस्थाले आफ्नो १६ औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिमराका अध्यक्ष यज्ञ बहादुर आलेको अध्यक्षतामा सम्पन्न भएको १६औं साधारणसभाको प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य किसान श्रेष्ठले पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै श्रेष्ठले सहकारीहरुले न्युन साधन स्रोतले पनी जनताको ठुला आवश्यकताहरु पुरा गरिरहेको प्रति खुशी ब्यक्त गरे । उनले पछिल्लो समय सहकारीमा बिभिन्न समस्याहरु देखिएको भन्दै सहकारीका शेयर सदस्य र संचालक सदस्य इमान्दार भए कानुन जस्तोसुकै बनेपनी फरक नपर्ने धारणा राखे ।
संस्था स्थापना भएको १६ वर्ष पुरा भएसँगै १६ औं वार्षिक साधारणसभामा सम्पन्न गर्दै संस्थाले आफ्नो प्रगति विवरण सहित प्रतिवेदन पेस गरेको थियो । संस्थाको तर्फबाट सोही संस्थाका अध्यक्ष आलेले प्रतिवेदन पेस गरेका हुन् ।
३ हजार ९ सय ९४ सेयर सदस्य रहेको उक्त हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिमराले आर्थिक वर्ष २०७९र८० मा २ करोड ६९ लाख ८८ हजार ६ साय ७३ रुपैया ८४ पैसा नाफा गरेको छ भने आर्थिक वर्ष २०८०र२०८१ मा ३ करोड ८१ लाख नाफा गर्ने लक्ष्य राखेको आर्थिक प्रतिवेदनमा प्रस्तुत गरिएको थियो । गत आर्थिक वर्षको तुलनामा २०७९र८० मा ३.७ प्रतिशतले नाफा बृद्धि भएको हो ।
त्यसै गरि यस आर्थिक वर्षमा ६५ करोड ६४ लाख ६६ हजारको कारोबार गरेको यस संस्थाले आर्थिक वर्ष २०८०र८१ मा आर्थिक कारोबार ७५ करोड पर्याउने लक्ष्य रहेको प्रतिवेदनमा उल्लेख गरिएको थियो भने कर्मचारीको क्षमता अभिवृद्धिका लागि शिक्षण सहित सामाजिक उत्तरदायित्वका विभिन्न कामहरू गर्ने प्रतिविदेनमा उल्लेख गरिएको थियो । साथै संस्थाको सम्पुर्ण पर्लस सुचक पनि लक्ष्य अनुरुपनै रहेको प्रदिवेदनमा उल्लेख छ ।
संस्थाको १६औं साधारणसभालाई सम्बोधन गर्दै विशिष्ट अतिथि जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले हातेमालो बचत तथा ऋण सहकारी संस्था नगरकै नमुना सहकारीको रुपमा स्थापित रहेको बताए । सोही सहकारीको सेयर सदस्य समेत रहेका नगर प्रमुख पौडेलले यो संस्थाले सहकारी क्षेत्रमा राम्रो प्रगतिसगैं नगरको विकासमा समेत राम्रो योगदान पुर्याएको बताए ।
कार्यक्रममा बोल्दै जीतपुरसिमराका पुर्व नगर प्रमुख डा. कृष्ण पौडेलले नगरका समकालीन सहकारीहरुको तुलनामा हातोमालो सहकारीले आफुलाई थप बलियो बनाएको प्रति खुशी ब्यक्त गरे । सहकारीको संस्थापक अध्यक्ष समेत रहेका पौडेले हातोमालोको स्थापनापछी मधेश प्रदेशमा सहकारी वैँकको शाखा स्थापन गर्न सफल भएको समेत बताए ।
कार्यक्रममा बोल्दै जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले देशमा आर्थिक अवस्था जरजर रहेको र उद्योगी तथा व्यापारीहरुका अवस्था दयनिय रहेपनी नगरमा सहकारी क्षेत्रको योगदानले राहत भएको बताए ।
कार्यक्रममा पुर्व मधेस प्रदेशसभा सदस्यहरु, जीतपुरसिमरा उपमहानगरपालिकाका जनप्रतिनिधिहरु, पुर्व जनप्रतिनिधिहरु, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका पदाधिकारीहरु सहित विभिन्न सहकारी, संघ संस्था र पार्टीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
Write your Comment