मेरिल्याण्ड ।
नेपालीहरुको महान चाड विजयादशमी ‘दसैं’ लाई कानूनी रुपमा मान्यता दिँदै अमेरिकाको मेरिल्याण्ड राज्यमा ‘दसैं डे’ घोषणा भएको छ ।मेरिल्याण्डको तल्लो र माथिल्ला दुवै सदनबाट ‘दसैं डे’ कानुन पारित भएसँगै दसैं मनाउनका लागि मेरिल्यान्डका गभर्नर वेज मूरले अक्टोबर ५ मा ‘दसैं डे’ घोषणा गरेका हुन् ।
अमेरिकामा पहिलो पटक दसैंलाई मान्यता मिलेपछि नेपाली समूदायले सो निर्णयको स्वागत गरेका छन् । नेपालीहरुले बाल्टिमोरमा धुमधामका साथ खुसीयाली साटासाट गरेका छन् भने, यहाँस्थित नेपालीहरुले अमेरिका–नेपाल सांस्कृतिक केन्द्रमा गएर कार्यक्रम समेत गरेका छन् ।
मे ४ मा विधयेकमा हस्ताक्षर गरिएपछि राज्यको कानूनमा दसैंलाई मान्यता दिइएको हो । अब मेरिल्यान्डमा दसैं विधयेकबारे विभिन्न शिक्षण संस्थाहरुमा समेत पढाइ हुने जनाइएको छ ।
नेपाली मुलका मेरिल्यान्डका सांसद ह्यारी भण्डारीले उक्त ‘दसैं डे’ विधेयकलाई सदनमा दर्ता गराएर दुवै सदनबाट अनुमोदन गर्ने कार्यमा सक्रिय भूमिका खेलेका थिए ।
बाल्टिमोरबाट निर्वाचित सांसद चन्द्र भण्डारीले ‘दसैं डे’ विधेयक सन् २०१७ मा पहिलो पटक पेश गरेका थिए । त्यसबेला उनी पहिलो पटक निर्वाचित भएका थिए । मेरिल्यान्ड बाहिर रहेका नेपालीहरुले समेत ‘दसैं डे’ लाई ऐतिहासिक दिनको रुपमा लिएका छन् । नेपालीहरुले अमेरिकाको सबैभन्दा धनी एवम् मनकारी राज्य भन्दै मरिल्याण्ड राज्यको प्रसंशा गरेका छन् ।
Write your Comment