धेरै अचार खाने बानीले बनाउन सक्छ बिमारी

रातोघर

 २४ आश्विन २०८०, बुधबार १७:००  मा प्रकाशित
२३८ पाठक संख्या



काठमाडौँ ।

नेपाली घरहरुमा अचारका डब्बाहरु अवश्य हुन्छन् । यसले खानाको स्वादलाई दुईगुणा बढाइदिन्छ । धेरै व्यक्तिहरुले अचार नभई खाना समेत खाँदैनन् । तर के तपाईंलाई थाहा छ अचारको आवश्यकता भन्दा धेरै सेवन गर्नु पनि हाम्रो स्वास्थ्यका लागि खतरनाक सावित हुन सक्छ

कोलेस्ट्रोल

यदी आवश्यकता भन्दा धेरै अचार खनुहुन्छ भने तपाईंको कोलेस्ट्रोल बढ्न सक्छ । अचारलाई लामो समय सुरक्षित राख्नका लागि यसमा धेरै तेलको प्रयोग गरिन्छ । यही कारणले कोलेस्ट्रोलको खतरा एकदमै धेरै हुन्छ ।
ग्यास्ट्रिक क्यान्सर

आवश्यकता भन्दा धेरै अचार खाँदा ग्यास्ट्रिकको क्यान्सरको खतरा पनि बढ्न सक्छ । अचारमा पाइने सोडियम र धेरै नुनले ग्यास्ट्रिक क्यान्सरको खतरा पनि बढाउन सक्छ ।

सुन्निने

अचारको धेरै सेवन गर्नाले शरीर सुन्निने जस्तो समस्याहरु हुन सक्छ । अचार बनाउनका लागि जो प्रिजर्वेटिवको प्रयोग गरिन्छ त्यो नोक्सानदायक हुन्छन् । यस्तोमा बजारमा किनेको भन्दा पनि घरमै त्यस्ता पदार्थ प्रयोग नगरी बनाएको अचार सुरक्षित हुन्छ ।

उच्च रक्तचाप

अचार भन्ने बित्तिकै चिल्लो पिरो अमिलो तथा नुनिलो सबै स्वाद यसमा नियमित खानेकुराको भन्दा धेरै हुन्छ । जसको नियमित सेवनले उच्च रक्तचापको समस्या पनि निम्तिन सक्छ । यसले मुटुसँग जोडिएका समस्याहरुको खतरा पनि बढाउँछ ।
एसिडिटी–अल्सर

अचारमा एकदमै धेरै तेल र मसलाको प्रयोग हुन्छ । जो स्वादमा पनि एकदमै अमिलो हुन्छ । यस्तोमा धेरै अचारको सेवन गर्दा एसिडिटी तथा अल्सरको समस्या पनि हुन सक्छ ।

Write your Comment