स्थानीय तह कर्मचारी आन्दोलनः काम गर्नेलाई ५ हजार, धर्ना नबस्नेलाई २ हजार जरिमाना !

रातोघर

 २५ आश्विन २०८०, बिहीबार १३:२४  मा प्रकाशित
२५१ पाठक संख्या



काठमाडौंँ ।

संघीय निजामति सेवा विधेयकका प्रावधानप्रति असन्तुष्टि जनाउँदै स्थानीय तहका कर्मचारीले आजपनि आन्दोलनका कार्यक्रमलाई जारी राखेका छन् । काठमाडौँमा धर्ना र जुलुस जारी राखेका कर्मचारीले स्थानीय तहमा अत्यावश्यक बाहेकका सबै काठ ठप्प पारेर प्रर्दशन गरिरहेका छन् ।

आन्दोलनलाई प्रभावकारी बनाउन भन्दै काठमाडौँमा भेला भएका कर्मचारीहरु सरकारसँग अनौपचारिक वार्ता गरिरहेका बेला स्थानीय तहहरुले भने आन्दोलनमा अनाउने र पालिकामा बसेर काम गर्ने कर्मचारीलाई लिखित स्पष्टीकरणसहित जरिमाना तोक्न थालेका छन् ।

कैलालीको कैलारी गाउँपालिकाका कर्मचारीले बिहान साढे १० बजे कार्यालयमा उपस्थित भएर धर्नामा बस्न आग्रह गर्दै धर्नामा अनुपस्थित हुने कर्मचारीलाई स्पष्टीकरणसहित २ हजार र धर्नामा बस्न अटेर गरेर पालिकामा बसेर काम गर्ने कर्मचारीलाई ५ हजार रुपैयाँ जरिमाना गर्ने लिखित निर्णय नै गरेको छ ।

कांग्रेस, एमाले र माओवादी निकट कर्मचारीहरुले काम रोकेर थालिएको आन्दोलनमा असन्तुष्टि जनाउँदै सरकारसँग एकतर्फी वार्ता गरेको भन्दै स्थानीय तह केन्द्रीय संघर्ष समितिको व्यानरमा देशव्यापी आन्दोलन जारी छ ।

संघर्ष समितिको व्यानरमा आन्दोलन गरिरहेका कर्मचारीले दलीय आस्था राख्ने कर्मचारीले आन्दोलनमा आउन आनाकानी गरेको भन्दै जरिमाना तोक्ने विधि अपनाएका छन् ।संघर्ष समितिका संयोजक दिपक गौतमकाअनुसार आजपनि काठमाडौँसहित देशभर आन्दोलन जारी रहनेछ भने प्रदर्शनका लागि पालिकाबाट कर्मचारीहरु काठमाडौँ आउने क्रम जारी छ ।

 

kalauri11697080902.jpg

 

kalauri1697080902.jpg

Write your Comment