बढ्यो सुनको मूल्य

रातोघर

 २०८० आश्विन २६, शुक्रबार  मा प्रकाशित
३४७ पाठक संख्या


काठमाडौँ ।

सुनको मूल्य फेरि बढ्न थालेको छ । साताको अन्तिम कारोबारको दिन शुक्रवार सुन तोलामा ६०० रुपैयाँले महँगिएको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार १०० रुपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन लगातार दोस्रो दिन महँगिएको हो । बिहीबार पनि सुनको मूल्य वृद्धि भएको थियो । अघिल्लो कारोबारको दिन अर्थात् बिहीबार सुन तोलामा ७०० रुपैयाँले बढ्दा प्रतितोला एक लाख ९ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो । दुई दिनमा सुन तोलामा एक हजार ३०० रुपैयाँले बढिसकेको छ ।

साताको अन्तिम कारोबार दिन, चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले ओरालो लागेर प्रतितोला एक हजार ३४५ रुपैयाँमा किनबेच भएको छ ।अघिल्लो कारोबारको दिन भने चाँदीको मूल्य उकालो लागेको थियो । बिहीबार चाँदी प्रतितोला १० रुपैयाँले महँगिँदा एक हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban