प्रहरी जवानले गरे गोली हानी आत्महत्या

रातोघर

 २०८० कार्तिक ८, बुधबार  मा प्रकाशित
८२५ पाठक संख्या


इनरुवा । सुनसरीको कोशी गाउँपालिका– ४ कोशी कटानमा  मंगलबार राति  एक प्रहरी जवानले गोली हानेर आत्महत्या गरेका छन् ।

मृत्यु हुनेमा सप्तरी रुपनी नगरपालिका-२ घर भई कोशी गाउँपालिका-४ कोशी कटानमा कार्यरत प्रहरी जवान अमितेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

रातिको समयमा सुत्ने कोठामा कोही नभएको मौकामा पेस्तोलले टाउकोमा गोली हानेर आत्महत्या गरेको प्रहरीले जनाएको हो ।

घरायसी तनावका कारणले प्रहरी जवान मण्डलले गोली हानेर आत्महत्या गरेको जनाइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban