अन्डाको बोक्राले पनि लामो र बाक्लो कपाल बनाउन सकिन्छ

रातोघर

 २०८० कार्तिक १३, सोमबार  मा प्रकाशित
३५१ पाठक संख्या


काठमाडौं ।

कपाललाई बलियो बनउन विशेषगरी महिलाले हजारौं रुपैयाँ खर्च गर्छन् । तर पनि खासै फाइदा हुँदैन । यस्तोमा कपाललाई स्वस्थ राख्न अन्डाको बोक्राबाट बनेको हेयर मास्क प्रयोग गर्न सकिन्छ । घरमै बलियो, लामो र बाक्लो कपाल बनाउन सकिन्छ ।

अन्डाको बोक्राले बनेको हेयर मास्कमा प्रोटिन पाइन्छ जसले कपाल बढाउन सहयोग गर्छ र बलियो पनि बनाउँछ । अन्डाको बोक्राबाट बनेको हेयर मास्क लगाउँदा कपाल मुलायम हुन्छ । यदि तपाईंको कपाल एकदमै रुखो छ भने हप्तामा दुईपटक यो मास्कको प्रयोग गर्न सक्नुहुन्छ ।

बजारका उत्पादनको प्रयोगले कपालका जरा कमजोर हुन थाल्छन् । यस्तोमा अन्डाको बोक्राको हेयर मास्क स्काल्पमा लगाउनुहोस् । यसले कपाल बलियो हुन्छ र झर्न समेत कम हुन्छ ।

अन्डाको बोक्राबाट बनेको हेयर मास्कले कपाल बाक्लो बनाउँछ । यदि तपाईंको कपाल पनि पातलो छ भने हप्तामा दुईपटक यो मास्कको प्रयोग अवश्य गर्नुहोस् । साथमा यसले कपालमा भएको धेरै चिल्लोलाई पनि बाहिर निकाल्छ ।यो मास्क बनाउनका लागि एउटा कचौरामा दही लिनुहोस् र अन्डाको बोक्रालाई मसिनो धुलो बनाएर दहीमा मिसाउनुहोस् । अब उक्त मास्कलाई कपालमा लगाएर आधा घण्टा राख्नुहोस् र सफा पानीले कपाल धुनुहोस् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban