जुकरबर्गलाई मस्कको प्रस्ताव- फेसबुकको नाम परिवर्तन गरे एक अर्ब डलर दिन्छु

रातोघर

 २०८० कार्तिक २३, बिहिबार  मा प्रकाशित
३७३ पाठक संख्या


काठमाडौं ।

विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्क र सातौँ धनाढ्य मार्क जुकरबर्गबीचको घोचपेच अझै रोकिएको छैन ।केही समयअघि सामाजिक सञ्जाल एक्स, टेस्ला, स्पेस एक्स, न्युरा लिंकजस्ता कम्पनीका मालिक मस्कले प्रविधि कम्पनी मेटाका संस्थापक जुकरबर्गलाई मिक्स मार्सल आर्ट्समा रिङमा भिडन्त गरौँ भन्दै प्रस्ताव गरेका थिए ।

जुकरबर्गले कुनै पनि स्थानमा कुनै पनि समय मस्कसँग लड्न आफू तयार भएको बताएका थिए । यतिबेला फेरि मस्कले जुकरबर्गलाई अर्को विषयमा प्रहार गरेका छन् । मस्कले जुकरबर्गलाई चर्चित सामाजिक सञ्जाल फेसबुकको नाम परिवर्तन गर्न सुझाव दिएका छन् ।

फेसबुकको नाम ‘फेसबुब’ राखेमा आफूले जुकरबर्गलाई एक अर्ब अमेरिकी डलर दिने पनि प्रस्ताव गरेका छन् ।जुकरबर्गले भने मस्कको पछिल्लो भनाइको कुनै प्रतिक्रिया जनाएका छैनन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban