विद्युत् प्राधिकरणले माग्यो झन्डै ४ सय कर्मचारी (सूचनासहित)

रातोघर

 २०८० कार्तिक २४, शुक्रबार  मा प्रकाशित
५१७ पाठक संख्या


काठमाण्डाै ।

नेपाल विद्युत् प्राधिकरणले सहनिर्देशकदेखि प्राविधिकसम्म झन्डै ४ सय कर्मचारी मागेको छ।शुक्रबार सूचना प्रकाशन गर्दै प्राधिकरणले दसौं तहदेखि तेस्रो तहसम्मको प्रशासन र प्राविधितर्फ विभिन्न पदमा आवेदन आह्वान गरेको हो।

प्राधिकरणले दसौं तह अन्तर्गत प्रशासनतर्फ एक जना सहनिर्देशक, प्राविधिकतर्फ एक जना प्रवन्धक मागेको छ।३ जना उपप्रवन्धक , सहायक निर्देशक, सहायक प्रवन्धक, प्रशासकीय अधिकृत, लेखा अधिकृत, कानुन अधिकृत, इन्जिनियर लगायत सहायक स्तरका विभिन्न पदहरूमा दरखास्त आह्वान गरेको हो।

प्राधिकरणले विभिन्न प्रदेशका लागि मिटररिडिङ सुपरभाइजर, लेखापाल, सुपरभाइजर, सिनियर मिटर रिडर, सहायक लेखापाल, फोरमेन, इलेक्ट्रिसियन र जुनियर मिस्त्री लगायतका पदका लागि पनि दरखास्त आह्वान गरेको छ।

इच्छुक र योग्यता पुगेका व्यक्तिहरूले मंसिर  १४ गतेसम्म दरखास्त दिइसक्नुपर्नेछ। प्राधिकरणको वेभ साइटमा गएर अनलाइन दरखास्त दिन सकिनेछ। दरखास्त शुल्क पदअनुसार फरकफरक निर्धारण गरिएको छ।

सूचनाः

2023-11-10-12-08-50-gopa-kattik-24-10-1699579500.jpg

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban