नेसपाद्वारा भूकम्पपीडितका लागि १० लाख रुपैयाँ सहयाेग

रातोघर

 २७ कार्तिक २०८०, सोमबार ११:१२  मा प्रकाशित
४९० पाठक संख्या



काठमाडौँ ।

नेपाल समाजवादी पार्टीले भूकम्पपीडितका लागि १० लाख रुपैयाँ सहयाेग गरेकाे छ ।पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईले बालुवाटार पुगेर १० लाख रुपैयाँकाे चेक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेका छन् । त्यसक्रममा अध्यक्ष भट्टराईले प्रभावित क्षेत्रमा जनतालाई तत्काल राहत र अस्थायी आवासको व्यवस्था राज्यका सबै अंग र तह परिचालित गरी अझै छिटो र प्रभावकारी रूपमा गर्न आग्रह गरेका थिए ।

Write your Comment