नेपालमा टिकटक बन्द गर्ने सरकारकाे निर्णय

रातोघर

 २७ कार्तिक २०८०, सोमबार १४:०९  मा प्रकाशित
२२२ पाठक संख्या


काठमाडौँ । 

सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गराउने निर्णय गरेको हाे । टिकटक बन्द गर्ने कामको समन्वय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने छ । टिकटकका कारण सामाजिक सद्भाव विथाेलिएकाे भन्दै यस्ताे निर्णय गरिएकाे हाे । भारतसहित विश्वका विभिन्न मुलुकमा पनि टिकटक प्रतिबन्धित छ ।

Write your Comment