

काठमाडौँ ।
एमाले अध्यक्ष केपी शर्मा ओली शनिबार राष्ट्रपति रामचन्द्र पौडेलविरुद्ध खनिएका छन् । पार्टी मुख्यालय च्यासलमा आयोजित जनसंगठन पदाधिकारीहरूको विशेष भेलालाई सम्बोधन गर्दै उनले राष्ट्रपति पौडेल किन जाजरकोट गएको भनेर प्रश्न गरे ।
‘जाजरकोट हेलिकाेप्टरमा प्रधानमन्त्री गए होलान भनेको माओवादी अध्यक्ष गएका रहेछन् । माओवादीका मन्त्री खाँदेर लगेका रहेछन् । भोलिपल्ट गृहमन्त्री गए भनेको माओवादी उपाध्यक्ष गएका रहेछन्,’ ओलीले भने । त्यसपछि उनले राष्ट्रपति कांग्रेस भएर जाजरकोट गएको बताए ।
‘जाजरकोट किन गएका राष्ट्रपति ? कति मान्छे मरे भन्ने सन्नु नै भएको थियो । टिभीमा हेर्नु नेताहरूको भिडले उद्धार गर्न पाइएन भन्ने समाचार आएकै थियो । माओवादी गए भनेर कांग्रेस किन जान पर्याे राष्ट्रपति ज्यु ? भीआईपीको सवारीले गर्दा सुरक्षाकर्मी उनीहरूको सुरक्षामा खटिनपर्ने, अस्पतालमा डाक्टरहरूले ब्रिफिङमा समय खर्चिन परेकाले अप्ठ्यारो भएको समाचार सुन्नुभएकै थियो,’ ओलीले भने ।





Write your Comment