जसपा त्यागेर एमालेमा गए हरिनारायण रौनियार, केपी ओलीले गराए पार्टी प्रवेश

रातोघर

 २०८० मंसिर ५, मंगलबार  मा प्रकाशित
४७३ पाठक संख्या


काठमाडौं ।

जनता समाजवादी पार्टी नेपाल (जसपा) का नेता तथा पूर्व सांसद हरिनारायण रौनियार नेकपा एमालेमा प्रवेश गरेका छन् ।२०७४ को निर्वाचनमा पर्सा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका रौनियार जसपा त्यागेर एमालेमा प्रवेश गरेका हुन् ।

पर्साको पोखरीयामा मङ्गलवार आयोजित आमसभा तथा वृहत् पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले रौनियारलाई फुलमाला र टिका रौनियारलाई फुलमाला र  टीका लगाएर पार्टी प्रवेश गराएका हुन् ।

रौनियारसँगै नेपाल सुशासन पार्टीकी केन्द्रीय सदस्य विना देवी लगायत विभिन्न पार्टीका सयौँ नेता तथा कार्यकर्ताहरूले पनि एमाले प्रवेश गरेका छन् ।

एक वर्षदेखि जसपामा निष्क्रिय रहेका रौनियारले केही दिन अगाडि एमाले अध्यक्ष ओलीसँग भेटघाट गरेका थिए । सो क्रममा उनले एमाले प्रवेश गर्ने प्रस्ताव राखेका थिए । ओलीले रौनियारको प्रस्ताव स्वीकार गरेपछि आज पोखरियामा आयोजित कार्यक्रमबिच उनी एमाले प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै  पप्पु कन्स्ट्रक्सन संस्थापक अध्यक्ष समेत रहेका रौनियारले जसपा र त्यसका अध्यक्ष उपेन्द्र यादवले मधेसका मुद्दा बिर्सिएर निजी स्वार्थमा लागेका आरोप लगाए । जसपामा मधेस र मधेसी जनताको हक अधिकार भन्दा पनि सत्ताको लोभमा बढी देखिएको कारण आफूले जसपा त्यागेर एमाले प्रवेश गरेको बताए । उनले एमाले अध्यक्ष केपी ओलीबाटै देशको विकास र समृद्धि सम्भव रहेका कारण पनि आफू एमाले प्रवेश गरेको बताए ।

एमाले पर्साका अध्यक्ष डाक्टर विश्वम्भर शर्माको सभापतित्वमा आयोजित कार्यक्रमलाई एमाले केन्द्रीय सचिव योगेश भट्टराई, रघुवीर महासेठ, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, पूर्व मन्त्री ज्वाला साह, अच्युत मैनाली, केन्द्रीय सदस्यहरू अरविन्द सिंह, राजकुमार गुप्ता लगायतलेपनि सम्बोधन गरेका थिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban