चोरीको घटनाले जीतपुरबजार असुरक्षित बन्दै, स्थानिय तह जिम्मेवार हुन नगर उद्योग वाणिज्य संघको ध्यानाकर्षण

रातोघर

 २०८० मंसिर २७, बुधबार  मा प्रकाशित
५४६ पाठक संख्या


सिमरा ।

बाराको जीतपुरमा चोरीको घट्ना बढ्दै गएपछी स्थानीय व्यापारीहरु त्रसित बन्दै गएका छन् ।

रातिको समयमा जीतपुर बजारमा उमेस प्रसादको जुत्तापसल र सेशनाथ साहको घडि पसलमा चोरी भएको छ । उनिहरुको पसलसंगै जीतपुर बजारमा अन्य पसलको समेत ताल्चा तोडफोड गर्ने प्रयास गरिएको पाइएको छ ।

चोरीको घटनाबाट अन्दाजी २ लाख रुपैया बराबरको क्षती भएको जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका महासचिव प्रकाश गिरिले बताउनु भयो ।

यस अघि जीतपुर बजारबाट साईकल, मोटरसाईकल सहित घरमा चोरी भएको घट्ना बाहिरिएको थियो । जीतपुर बजारमा दिनहु चोरीको घट्ना बाहिरिए पनि प्रशासनद्धारा ठोस कदम चालिएको छैन ।

जीतपुरका एक व्यापारीका अनुसार रातिको समयमा गस्तिमा खटिएको प्रहरीहरु एकै ठाँउमा मोबाईल खेलाएर बस्ने  गरेको स्थानियको गुनासो छ । गस्तिमा खटेको गस्ति टोली इमानदारीका साथ ड्युटि खटिदिए जीतपुरमा चोरी सहित अन्य कुनै घट्ना नघट्ने उनले बताए ।

यता नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले सामाजिक संजालमा ध्यानाकर्षण पत्र लेख्दै चोरीको घटनाले जीतपुरसिमराको सवैभन्दा ठूलो ब्यापारिक केन्द्र जीतपुर बजारका व्यवसायी असुरक्षित महशुस गरेको बताएका छन्  ।

आर्थिक मन्दीका बिच व्यवसायमा आएको गिरावटका कारण निराश बनेका व्यापारीहरु चोरिको घटनाले थप त्रसित बनेको भन्दै बजारको सुरक्षामा स्थानिय तह पनि गम्भीर हुनुपर्ने बताए ।

वडामा सिसिटिभी क्यामेरा र पोलबत्तीका नाममा लाखौ बजेट बिनियोजित गरेपनी कार्यान्वयन प्रक्रिया फितलो रहेको भन्दै उनले वडा र नगर समेत यो चोरीको घटनामा जवाफदेही हुनुपर्ने जिकिर गरे ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban