जीतपुरमा हुने गणेश चतुर्थी महोत्सवको तयारी पुरा, २२ गतेबाट बृहत् शोभायात्रा निकालिने

रातोघर

 २०८१ भाद्र २०, बिहिबार  मा प्रकाशित
२९२ पाठक संख्या


एस.एस. पटेल
बाराको जीतपुरमा हुने बृहत् गणेज चतुर्थि महोत्सवको तयारी पुरा भएको छ । शनिवार बिहान ८ बजेदेखि बृहत् शोभायात्रा निकालेर गणेश चतुर्थि पुजा शुरू हुने भएको छ ।
पुजा समितिले एक कार्यक्रमको आयोजना गरि पुजाको सम्पुर्ण तयारी भैसकेको जनाएको हो । समितिका अध्यक्ष श्रीराम साह कानुका अनुसार गणेश पुजामा गण्श भग्वानलाई यो वर्ष २६१ किलोको लड्डु भोग लाग्ने छ ।
भाद्र २२ गते शनिवारको दिनबाट पुजा शुरू भएर ७ दिन सम्म चल्ने पुजा समितिले जनाएको छ । पुजा हुने स्थानमा दिनहु साझ विभिन्न किसिमको सांस्कृतिक कार्यक्रम समेत हुने छ ।
बृहत् पुजालाई भव्य बनाउनका लागि पुजा हुने स्थानमा विभिन्न मनोरञ्जकका खेल सहित बालउध्दान खेल समेत लगाईएको छ ।
कार्यक्रमलाई मधेस सरकारका बन तथा वातावरण मन्त्री त्रिभुवन साहले गणेश भग्वानको मुख खोली शुभारम्भ गर्नुहुने छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban