डिएसपी रिजाल नेतृत्वको टोलीद्वारा वीरगञ्जका विभिन्न ठाउँमा छापा, ११ लाख बढीको सामान बरामद

रातोघर

 २०८१ भाद्र २२, शनिबार  मा प्रकाशित
२२४ पाठक संख्या


वीरगञ्ज । प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जले वीरगञ्जका विभिन्न स्थानबाट करिब ११ लाख बराबरको सामाग्री बरामद गरेको छ । गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको नेतृत्वमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवास्थित एक गोदाममा छापामारी गरिएको छ ।

त्याहाँबाट काजु, किसमिस र खजुर लगायतका करिब ७ लाख बराबरको सामान बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक रिजालले बताए ।उनकाअनुसार बिलबिजक नभएको र अवैध रुपमा भारतबाट ल्याएर भण्डारण गरिएको सूचनाको आधारमा छापामारी गरिएको हो । यस्तै नगवाकै खुश्बु चकलेट उद्योगबाट दुईलाख ३० हजार बराबरको चकलेट बरामद गरिएको रिजालले जानकारी दिए ।

वीरगञ्जको घण्टाघर मिनाबजारको शिवशक्ति खाद्य उद्योगमा पनि छापा मारिएको छ । सो अवसरमा तीन हजार किलोग्राम प्याज र एक हजार किलोग्राम आलु बरामद गरिएको छ ।

बरामद गरिएको करिब ११ लाख बराबरको भन्सार छलीको सामग्री आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने सशस्त्र प्रहरी नायब उपरीक्षक रिजालले यात्राडेलीलाई जानकारी दिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban